जनकपुरधाम, साउन २५ गते । धनुषाको धनुषाधाम नगरपालिकाले पनि साउन २४ गतेदेखि साउन मसान्तसम्मका लागि लकडाउन घोषणा गरेको छ ।
नगर कार्यापालिकाको बैठकबाट नगरभित्र अत्यावश्यक सेवा बाहेक सम्पूर्ण पसल र हाट बजार बन्द गर्ने तथा अत्यावश्यक सेवा बाहेकका पसलहरु बिहान ९ बजेसम्म मात्र संचालन गर्न पाउने निर्णय गरिएको छ ।
बैठकबाट अत्यावश्यक सेवा स्वास्थ्य, पशु, कृषि, विपत व्यवस्थापन लगायत बाहेकका नगर कार्यापालिका र वडा कार्यालयहरुबाट प्रदान गरिने सेवा लकडाउन अवधिभर बन्द गर्ने निर्णय गरिएको छ भने बैंक, वित्तिय संस्था तथा विद्युत प्राद्यिकरणको सेवा सामाजिक दूरी कायम गरी प्रदान गरिनेछ, यदि सामाजिक दूर कायम गरिएको नदेखिएमा सो सेवा पनि बन्द गरिनेछ ।
यसका साथै विदेशबाट आएका वा कोभिड १९ संक्रमण सम्भावित व्यक्तिलाई वडाध्यक्ष, स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविकाको संयुक्त संयोजनमा होम क्वारेन्टाईन व्यवस्थापन गर्ने र उल्लेखित कार्यको संयोजन स्वास्थ्य शाखाले गर्ने निर्णय गरिएको कुरा नगरपालिकाका मेयर बालेश्वर मण्डलले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !