काठमाडौं, साउन २३ गते । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव संक्रमित भएको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
शुक्रवार बिहान लिइएको स्वाबमा प्रधानमन्त्रीसहित अन्य ६ जनाकोरिपोर्ट नेगेटिभ आएको हो । गत साउन १८ गते मन्त्री यादवले प्रधानमन्त्री सहित प्रहरी महानिरिक्षक, ६ वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीसँग उच्चस्तरीय भेटघाट गरेका थिए ।
प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारी र मुख्य सल्लाहकार विष्णु रिमालको स्वाब संकलन गरिएको थियो ।
स्वाब संकलन गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको संसदीय सचिवालयका स्वास्थ्य शाखा प्रमुख डा. पुष्प रिजालले जानकारी दिए । प्रहरी महानिरिक्षक, गृहमन्त्री, गृह सचिव र अन्य प्रदेशका कानून मन्त्रीहरुको हालसम्म स्वाब संकलन नभएको बुझिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !