जनकपुरधाम, साउन २२ गते । पछिल्लो २४ घण्टामा प्रदेश २ मा भारतीय राजदुतावास वीरगञ्जका एकजना कर्मचारी सहित ६३ जना संक्रमित भएका छन । योसँगै प्रदेशमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयले बिहीवार सार्वजनिक गरेको पीसीआर परिक्षण रिपोर्ट अनुसार पर्सामा सबैभन्दा बढी ३९ जनामा संक्रमण देखिएको छ भने धनुषामा ९ जना, सर्लाहीमा ८ जना, बारा र महोत्तरीमा २÷२ जना एवं रौतहट, सप्तरी र सिरहामा १/१ जना व्यक्ति संक्रमित भएका छन् ।
संक्रमितमध्ये ४ हजार ८ सय २६ पुरुष र ५ सय ९ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिएका छन ।
पर्सामा संक्रमण पुष्टी भएकाहरु मध्ये वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ देखि १६ सम्ममा २३, पकहा मैनपुर गाउँपालिका, भारतीय राजदूतावास, पोखरिया नगरपालिका, वीरगञ्ज कारागारमा १÷१ जना गरी ४ जना, श्रीपुर आर्मी ब्यारेक र चण्डीप्रसाद गणमा ५/५ जना तथा नारायण अस्पतालमा २ जना गरी ३९ जना रहेका छन ।
धनुषाका संक्रमित हुनेहरु जनकपुरधाम उपमहानगरपालिका १६ र २३ घर भई हाल प्रादेशिक अस्पतालमा रहेका ३ जना, लक्ष्मिनीया गाउँपालिका ५ घर भई हाल प्रादेशिक अस्पतालमा रहेका १, आन्तरिक मामिला तथा कानून मन्त्रालयका १, कर्मचारी सञ्चय कोष जनकपुरका कर्मचारी एक र शहीदनगर नगरपालिका ८ स्थित क्वारेन्टाइनमा ३ जना रहेका छन ।
सर्लाहीमा रामनगर गाउँपालिका घर भई हाल प्रादेशिक अस्पतालमा एक पुरुष र ईश्वरपुर नगरपालिकाका ७ जना गरी ८ जनामा संक्रमण देखिएको छ भने महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित क्वारेन्टाइनमा रहेकी एक महिला र ठेगाना खुल्न नसकेका हाल नारायणी अस्पताल वीरगञ्जमा कार्यरत ३७ बर्षिय एक पुरुष समेत संक्रमित भएका छन् ।
त्यस्तै बारामा देवताल र प्रसौनी गाउँपालिकाका एक÷एक जना, रौतहटको मौलापुर नगरपालिकाका एक पुरुष, सप्तरीको रुपनी गाउँपालिका ५ का एक पुरुष र सिरहाको नरहा गाउँपालिका–३ घर भई हाल प्रादेशिक अस्पताल जनकपुरमा रहेका एक पुरुषमा समेत कोरोना पोजेटिभ देखिएको छ वरिष्ठ स्वास्थ्य प्रशासक विजय झाले जनाएको छ ।
उनका अनुसार प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ६० जना संक्रमित भएका छन् भने महोत्तरीमा ८ सय ५४, धनुषामा ७ सय ७३, पर्सामा ७ सय ६७, सर्लाहीमा ७ सय ३९, सप्तरीमा ५ सय २४, सिरहामा २ सय २० र बारामा १ सय ९९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
प्रदेश २ मा हालसम्म पर्सामा १४, धनुषामा २, बारामा २, सप्तरीमा २, रौतहटमा २, सर्लाहीमा १ र महोत्तरीमा १ जना गरि २४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !