जनकपुरधाम, साउन २२ गते । अवैध मापदण्ड विपरित ग्राभेल उत्खन्न गरी बनाइएको खाल्डोमा डुबेर धनुषामा एक युवकको मृत्यु भएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नं. १ स्थित बसही खोलाको छेउमा रहेको सो खाल्डोमा जमेको पानीमा नुहाउन गएका स्थानीय वडा नं. २ नक्टाझिज का २२ वर्षीय अनिल कुमार महतोको डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
स्थानीयहरुका अनुसार पानीमा डुबेको करिव एक घण्टापछि उद्धार गर्न पानीमा पसेको स्थानीयहरु खोजी गरी युवक महतोलाई निकालेको थियो । युवक महतोलाई पानीबाट निकालेको समयमा गम्भीर अवस्थामा रहेको र एम्बुलेन्सबाट रमदैयास्थित जानकी मेडिकल कलेज लिएर जाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्तक युवक आफ्नो आमाबुवासँगै पोखरामा बसेर अध्ययन गर्दै आएका ती युवक कोरोना संक्रमणका कारण विद्यालय र कलेजहरु बन्दा भएपछि अनिल घर आएका थिए ।
यस अघि बुधवार पनि सोही खाल्डोमा नुहाउने क्रममै डविरहेको अर्का एक युवकलाई त्यहाँ रहेका अर्का युवकहरुले बचाएका थिए । ग्रावेल उत्खनन् गरी बनाइएको उक्त खाल्डो नक्टाझिज विश्वकर्माचौकदेखि पश्चिम जाने बाटोको छेउमै रहेको छ ।
मापदण्डलाई धज्जी उडाउँदै मोटो रकमको चलखेलमा स्थानीय जनप्रतिनिधि, प्रहरी, प्रशासन लगायतको मिलिमतोमा गिट्टी, बालुवा खन्ने क्रममा खोला छेउमै खन्ने क्रम जारी रहेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !