जलेश्वर, साउन २२ गते । बालुवा गिट्टीको अवैध उत्खन्न गरिरहेको क्रममा महोत्तरीको भंगहा नगरपालिकाबाट ३ वटा टिपर नियन्त्रणमा लिइएको छ ।
देशभरि कोरोना संक्रमणको कहर व्याप्त रहेको अवस्थामा नदी दोहन गरी अवैध रुपमा बालुवा गिट्टी उत्खन्न कार्य जारी रहेको भन्ने आलोचना भइरहेको बखत प्रहरीले घटनास्थलबाटै ती टिपरहरुलाई नियन्त्रणमा लिएको छ ।
अवैध तरिकाले बालुवा गिट्टी उत्खन्न गरिरहेका बेला प्रहरी चौकी सितापुरले गएराति ती टिपरहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरीले सितामाई क्रसर उद्योग ना १ क ८५४४ , ना १ क ९६१२ र ना ८ ख २०५४ नम्बरका टिपरहरु नियन्त्रणमा लिएको बताइएको छ ।
भंगहा चौकीका प्रहरी नायक निरीक्षक तेज बहादुर श्रेष्टका अनुसार नियन्त्रणमा लिएको टिपरलाई आवश्यक कारवाहीका लागि जिल्ला समन्वय समितिलाई बुझाइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !