जनकपुरधाम, साउन २२ गते । जनता समाजवादी पार्टीको एकीकरणपछि पहिलो पटक बसेको छ ।
ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालय नजिकै रहेको एक सभाहलमा बुधबारदेखि चलेको बैठकमा बिहीबारदेखि भने सात वटा एजेण्डामा छलफल हुने भएको हो ।
बुधबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले प्रस्तुत गरेका उक्त एजेण्डामा बिहीबारदेखि छलफल सुरु गरिएको नेता बृषेशचन्द्र लालले जानकारी दिएका छन ।
जपसाको पहिलो बैठकमा पार्टीको समायोजनसम्बन्धी निर्देशिका, आचार एवं व्यवहारसम्बन्धी आचार संहिता, वर्तमान परिस्थती र हाम्रो दायित्व, कार्यकारी समितिको कार्य विभाजन, संगठनात्मक कार्य योजना, समसमायीक प्रस्ताव र विविध शिर्षकमा गरी तय गरिएको एजेण्डामा विस्तृत छलफल हुने उनले जानकारी दिए ।
सबै एजेन्डाहरुमाथि कार्यकारणी समितिका सदस्यहरुले विचार राखेपछि त्यसलाई पारित गर्ने कार्यक्रम रहेको उनले बताए । सुरुमा पहिलो बैठक भएकाले चार दिनसम्म प्रशिक्षण चलाउने र त्यसपछिको दुई दिन बैठक गर्ने कार्यतालिका जसपाले सार्वजनिक गरेको थियो ।
तर पछिल्लो समयमा कोरोना संक्रमणका बढेको दृष्टिगत गर्दै प्रशिक्षण कार्यक्रम सूचीबाट हटाएको छ । प्रशिक्षण स्थगित गरेर सिधै एजेण्डामाथि छलफल गर्न लागिएको जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !