जनकपुरधाम, साउन २२ गते । कोरोना संक्रमित देखिएका प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको कन्ट्याक्ट हिस्ट्रीमा प्रधामन्त्रीदेखि प्रहरी महानिरिक्षकसम्म रहेको देखिएको छ ।
कोरोना संक्रमणको रिपोर्ट आउनु पूर्व उनले काठमाडौंमा रहँदा प्रधानमन्त्री केपीशर्मा ओलीदेखि गृहमन्त्री, गृह सचिव, प्रहरी महानिरीक्षक र ६ वटै प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रीहरुसंग समेतलाई भेटघाट गरेको थियो ।
कोरोना संक्रमित पुष्टि हुनुपुर्व गत साउन १८ गते काठमाडौंमा उच्च स्तरीय भेटघाट गरेको थियो । काठमाडौंमा प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरी गएको आइतबार फर्केका थिए ।
साउन १९ गते गरिएको स्वाब संकलनको रिपोर्ट बुधबार साँझ आएको जसमा उनको स्वाब रिपोर्ट पोजेटिभ आएको थियो । हाल मन्त्री यादव आफ्नै निवासमा आइसोलेट भएका छन् ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !