बीरगञ्ज, साउन २१ गते । पर्साको पोखरिया नगरपालिका ९ मा संक्रमित एक युवतीको मृत्यु भएको छ ।
मामा घर बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएसंगै पर्सामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । गत सोमबार मृत्यु भएकी उनको स्वाब परिक्षण गर्द संक्रमण पुष्टि भएको हो ।
पोखरिया–८ जगतपुर घर भएकी ती मामा घर आएको क्रममा झाडा पखालाबाट सिकिस्त भएपछि उपचारका लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।
मेडिकल कलेजमा स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा मंगलबार राति उनको रिपोर्ट पोजेटिभ आएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !