जनकपुरधाम, साउन २१ गते । प्रदेश २ स्थित प्रादेशिक अस्पताल जनकपुरका प्रमुखको लापरवाही र गैरजिम्मेवारीपनका कारण अस्पतालका आईसीयू प्रमुख संजय यादवले राजीनामा दिएका छन ।
सोमवार राति सामाजिक सञ्जालमा प्रमुख यादव अस्पताल प्रमुख डा. नागेन्द्र यादवको गैरजिम्मेवार क्रियाकलाप र लापरवाहीका कारण आफू आईसीयू प्रमुखको पदीय जिम्मेवारीबाट राजीनामा गर्दछु भन्ने घोषणा गरेका छन ।
गत ४ महिनाको अन्तरालमा सुविधा सम्पन्न कोभिड आइसीयू नखोलेर पटक पटक आग्रहका बावजूद अस्पताल स्थित आईसीयूमा शंकास्पद बिरामीलाई राख्नु र दबाव दिएर बिना कुनै सुरक्षाको स्वास्थ्यकर्मीलाई जोखिमपुर्ण अवस्थामा खटाउनुले स्वास्थ्यकर्मी समेत संक्रमित भई अस्पताल प्रमुख मेसु डा. नागेन्द्र यादवको लापरवाहीले भयावह अवस्था हुन पुगेको आरोप संजयको रहेको छ ।
मेसु यादवकै लापरवाहीका आईसीयूमा उपचाररत २ बिरामी, २ चिकित्क, ८ जना नर्स र एक जना सफाई कर्मचारी कोरोना संक्रमित हुन पुगेको संजयले सामाजिक सञ्जालमा उल्लेख गरेका छन ।
यसका साथै होटलको आइसोलेशनमा बसेका स्वास्थ्यकर्मी संक्रमितहरुलाई त्यहीं व्यवस्था मिलाई दिन आग्रह गर्दा विभिन्न डर, त्रास देखाई सोमवार राति होटलबाट सारेर अस्पतालको अव्यवस्थित आइसोलेशनमा सार्दा झन जोखिम अवस्थामा पुरयाएको भन्दै ती स्वास्थ्यकर्मीहरुले जोखिमबाट बच्न गुहार मांग्दा पनि आफू विवश भएर सुनेर सान्त्वाँ दिन बाहेक केही गर्न नसकेको दुखी भएको आईसीयू प्रमुख यादवले बताए ।
होटलको आइसोलेशनबाट हटाइएका ती पिडीत स्वास्थ्यकर्मीहरु रातभरि अस्पतालको प्रांगणमै वर्षातमै भिज्न बाध्य थिए । अस्पताल प्रमुख मेसु यादवलाई पटक पटक आग्रह गर्दा पनि कुनै व्यवस्थापन गरेनन् ।

प्रमुख संजयले एक महिना अगाडि समेत शंकास्पद व्यक्तिलाई आइसीयूमा सार्न लाग्दा आफूले त्यसमा नराख्न आग्रह गर्दा अस्पताल प्रशासनले स्पष्टीकरण लिएको र हालसम्म कुनैपनि स्वास्थ्यकर्मी तथा कर्मचारीले जोखिम भत्ता नपाउनुले अस्पताल प्रमुखको अराजकता सहन नसक्ने भन्दै नौतिकताको आधारमा पदीय जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन ।
साथै प्रमुख संजयले कर्मचारी तथा स्वास्थ्यकर्मीहरुलाई यस विकट परिस्थितिा धैर्यताका साथका काम गर्न आग्रह समेत गरेका छन ।
घटना सम्बन्धमा मेसु डा. यादवसँग पटक पटक सम्पर्क गर्न खोज्दा उनको मोबाइलको स्वीच अफ रहेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !