एजेन्सी, नयाँदिल्ली साउन २० गते । भारतमा गएको २४ घण्टामा एक पुर्व मुख्यमन्त्री सहित ५२ हजारभन्दा बढी संक्रमित भएका छन ।
योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १८ लाख ५५ हजार ७ सय ४६ पुगेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ८ सय ३ जनाको ज्यान गएसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८ हजार ९ सय ३८ पुगेको छ ।
भारतमा लगातार ६ दिनदेखि दैनिक ५० हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिदै आएको छ ।सङ्क्रमणको हिसाबले भारत विश्वकै अति(प्रभावित देशमध्ये तेस्रो नम्बरमा छ ।
यसैबीच भारतको कर्नाटक राज्यका पूर्व मुख्यमन्त्री तथा विधानसभाका विपक्षी नेता सिद्वारमैया कोरोना सङ्क्रमित भएको छ । उनले सोमवार आफ्नो ट्वीटर मार्फत् सङ्क्रमित भएको जानकारी दिएका छन ।
उपचारका लागि अस्पताल भर्ना भएका पुर्व मुख्यमन्त्री सिद्धारमैयाले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परिक्षण गर्न आग्रह गरेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !