जनकपुरधाम, साउन १७ गते । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४ हजार ७ सय ६८ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार धनुषामा मात्रै २६ जना संक्रमित भएका हुन । सबैभन्दा बढी पर्सामा ५९ जना संक्रमित देखिएको छ भने अन्य जिल्लाहरु महोत्तरी ३, सर्लाही र सप्तरीमा १/१ जना, बारामा २ तथा रौतहटमा ३ जनामा कोरोना पुष्टि भएको छ ।
धनुषामा संक्रमण पुष्टी भएका मध्ये जनकपुरधाम उपमहानगरपालिकाका ३, शहीदनगर नगरपालिकाका १२, कमला नगरपालिकाका ९ जना गरी ठाउँ नखुलेको १ र चितवन गर्दीका १ जना रहेका छन ।
त्यस्तै पर्सा जिल्लाका सबैभन्दा बढी वीरगञ्ज महानगरपालिकाको विभिन्न वडा प्रसौनी र ड्राईपो गरी ५७, पर्सागढी, पकहा मैनपुर गाउँपालिकामा १/१ जना सहित ५९ जना कोरोना संक्रमित भएका छन ।
मन्त्रालयका अनुसार महोत्तरीका सम्सी गाउपालिका, लोहारपट्टी र बर्दिबास नगरपालिकाका १/१ जना गरी ३ जना, सर्लाहीमा ठाउँ नखुलेको १, बारामा भेलहिया र परवानीपुरका १/१ जना, सप्तरीका अग्नीसाइर कृष्णसावरन गाउँपालिकका १, रौतहतटमा जयनगर, चन्द्रनिगाहपुर र ठाउँ नखुलेको १/१ जना गरी ३ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
संक्रमित मध्ये ४ हजार ३ सय ६७ पुरुष र ४ सय १ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिएका छन ।
हालसम्म प्रदेशमा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार २ सय ५९ जनाको रिपोर्ट पोजेटिभ रहेको छ भने महोत्तरीमा ७ सय ९२, सर्लाहीमा ७ सय १०, धनुषामा ६ सय ९१, सप्तरीमा ४ सय ६७, पर्सामा ४ सय ६४ सिरहामा २ सय १०, र बारामा १ सय ७५ जना कोरोना संक्रमित भइसकेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !