वीरगञ्ज, साउन १७ गते । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी पछि पर्साबाट निर्वाचित संघीय सांसद प्रदीप यादव पनि कोरोना संक्रमित भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित पर्सा जिल्लाका थप ६४ जनामा कोरोना संक्रमण पुष्टि हो ।
सांसद यादवका अंगरक्षक, चालक र एक चिकित्सक समेतमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जानकारी दिएका छन ।
जनता समाजवादी पार्टी पर्सा क्षेत्र नं. १ का सांसद यादवले आफूलाई कोरोना संक्रमण भएको कुरा आफ्नो फेसबुक पेजमार्फत जानकारी गराएका छन् ।
शुक्रबार राति उनले लेखेका छन्, ‘पीसीआर जाँच गराउँदा कोरोना पोजिटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा कुनै समस्या भने देखिएको छैन । आफूलाई आइसोलेट गरेर आराममा छु।कोरोनामुक्त भएर मेरो प्राणभन्दा प्यारो जनाताको सेवामा चाँडै फर्किने छु ।
शुक्रवार सांसद यादवले वीरगञ्जमा बढदै गएको कोरोना संक्रमण बारे अवगत गराउंदै ५ सय सैयाको अस्पताल, बिज्ञ टोलि पठाउने, समुदायमा जाचको दायरा बढाउनका लागि साधन र जनशक्ति उपलब्ध गराउन र सीमामा आवतजावत रोक लगाउन मांग सहित प्रधानमन्त्रीजीलाई पत्र बुझाएको थियो ।
सो पत्रको मांग सम्बन्धमा स्वास्थ्य मन्त्रीजी सँग कुराकानी समेत गरेको कुरा उनले आफ्नो फेसबुक मार्फत जानकारी दिएका छन ।
यसअघि बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमणको कारण पर्सामा अहिलेसम्म १० जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमण फैलिन नदिन गत चार दिनदेखि वीरगञ्ज महानगरपालिका क्षेत्रमा कफ्र्यु जारी छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !