राजविराज, साउन १५ गते । समुदायस्तरमा प्रदेश २ मा बढदै गएको कोरोना भाइरस संक्रमणको सम्भावित खतराको दृष्तिगत गर्दै पुनः लकडाउन गर्न प्रदेश सभा सदस्य अभिषेक यादवले मांग गरेका छन ।
सप्तरी क्षेत्र नम्बर ४ ( ख) बाट जनता समाजवादी पार्टी बाट निर्वाचित प्रदेश सभा सदस्य यादवले निरन्तर संक्रमितको संख्या बढदै गएकोले यथाशिघ्र पुनः लकडाउन गर्न मुख्यमन्त्री लालबाबु राउतसँग मांग गरेका हुन ।
उनले प्रदेशमा समुदायस्तरमै दिनप्रतिदिन कोरोना भाइरस संक्रमित थप्दै गएकोले सम्भावित भयावह स्थिति र जनधनको क्षति रोक्न प्रदेशलाई पुर्ण रूपमा लकडाउन गरी सचेत एवं सतर्क हुन आग्रह समेत गरेका छन ।
साथै पिसिआर टेष्टको दायरा बढाउनुका साथै बाढी पिडित क्षेत्रमा अबिलम्ब ठोस् कार्ययोजना बनाई नदि काटन नियन्त्रण र पिडितलाई पुनःस्थापन गर्ने सहितका राहत प्याकेज ल्याउन आग्रह पनि मुख्यमन्त्री राउत सँग गरेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !