जनकपुरधाम, साउन १४ गते । क्वारेन्टाईनमा बस्नुको सट्टा प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साह सामूहिक भेटघाट र कार्यक्रममा व्यवस्त देखिएको छ ।
बुधवार बिहानै मन्त्री साहको कार्यालय सहयोगी, भान्से र चालकमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना भाइरस सर्तकता मापदण्ड अनुसार संक्रमितको सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा बस्नुपर्ने हो ।
तर मन्त्री साह क्वारेन्टाइनमा नबसी बुधवार इजराइल सरकारले उपलब्ध गराएको कोरोना नियन्त्रण सामाग्री हस्तान्तरण सामूहिक कार्यक्रम आयोजना गरेका छन । सो कार्यक्रममा उनले स्वास्थ आपूर्ति केन्द्रका प्रमुख डा. प्रमोद यादवलाई हस्तान्तरण गरेका हुन । सो हस्तान्तरण कार्यक्रम पश्चात मन्त्री साहले केन्द्रका प्रमुख डा. यादव, स्वास्थ्य कार्यदलका संयोजक डा. रामकेवल साह, स्वास्थ्य निर्देशनालयका विजय झा लगायतका व्यक्तिहरुसंग सामाजिक दूरी पालना नगरी घण्टौ बसेर गफगाफ गरेको देखियो ।
यति मात्र होइन बुधवार दिनभरि उनी पार्टीका नेता कार्यकर्ताहरुसँग समेत भेटघाट गरेको बुझिएको छ । कोरोना पुष्टि भएका कर्मचारीहरु सँग मन्त्री साह निरन्तर सम्पर्कमा रहेको कारण उनी सदिंग्ध सूचीमा रहेको छ । सामाजिक सञ्जालमा समेत मन्त्रीको यस्तो कार्यको व्यापक आलोचना भइरहेको छ । उनलाई क्वारेन्टाईनमा राख्नुपर्ने मांग जोडतोडका साथ सामाजिक संजालमा भइरहेको छ ।
मन्त्री साहले केन्द्रका प्रमुख डा. प्रमोद यादवलाई ४ सय थान पिपिई, १ हजार थान के एन ९५ मास्क, १० हजार थान पिनवाला सर्जिकल मास्क, ५ हजार थान सर्जिकल ग्लोभ्स र ह्यान्ड सेनिटाइजर १ सय जार हस्तान्तरण गरेका हुन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !