Monday, August 24, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

निर्माण नसकिंदै भत्किन थाले जनकपुर जलेश्वर सडक, आर्थिक चलखेलको आरोप


जनकपुरधाम, साउन १२ गते । जनकपुर–जलेश्वर सडक खण्ड निर्माण कार्य नसकिदै भत्किन थालेको छ ।

निर्माण अवधि समाप्त भएपनि निर्माण सम्पन्न हुन नसकेका सो सडक खण्डमा कमसल सामग्री प्रयोगले गुणस्तरहीनताको कारण ठाउँमा टुटफुट र भत्किन थालेको हो । फोर लेन भनिएको सो सडक खण्डमा अधिकांश ठाउँमा र सडक छेउमा कालोपत्रे, कल्भर्ट र पुल लगायतका काम बांकी रहेको छ ।

हुलाकी राजमार्ग निर्देशनालको निगरानीमा निर्माण भइरहेको जनकपुर जलेश्वर सडक खण्डको सडकमै गहिरो खाल्टो परेपछि सवारी साधन आवागमनसँगै पैदलयात्रुलाई पनि समस्या भइरहेको छ । कमसल सामाग्री प्रयोग गरी कमजोर र गुणस्तरहीन सडक निर्माण भइरहेको स्थानीय र सम्बन्धित निकायले पटक पटक ताकेता गर्दा पनि चासो लिइएको छैन ।

कमसल सामाग्री प्रयोगले भएको गुणस्तरहीन कामले प्रष्ट हुन्छ कि ठेक्का कम्पनी र सरकारी निकायकोे मिलेमतोमा आर्थिक अनिमितता भएको आरोप स्थानीयको रहेको छ ।

नेकपा प्रदेशसभा सदस्य मञ्जु यादवले पनि आर्थिक अनियमितताका लागि सडक निर्माणमा ठेकेदारले बदमासी गरेको आरोप लगाइन् । तीन वर्षभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने सडक ठेकेदारकै लापरबाहीका कारण अझै निर्माणाधीन अवस्थामा रहेको उनले बताइन् ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ३ वर्षमा सम्पन्न गर्ने गरी २०७३ भदौ २५ गते सडकको शिलान्यास गरेका थिए । ९३ करोड ४३ लाखको लागतमा निर्माण भइरहेको सो सडकका लागि जनकपुरदेखि महोत्तरीको पर्सासम्म प्रतिभा वाई जेभीले ९ किलोमीटरका लागि ४३ करोड ५६ लाख र पर्सादेखि भिट्टामोडसम्म ९.५६ किलोमीटरका लागि आषिश–पप्पु रोशन जेभीले ४९ करोड ८९ लाख ठेक्का पाएको थियो ।

चार लेन भनिएको १८ दशमलव ५६ किमी दूरीको जनकपुर–जलेश्वर सडक निर्माण गर्न दुवै निर्माण कम्पनीले ०७३ भदौ २३ गते नै सम्झौता गरेको थियो । सम्झौता पुरा भएको एक बित्न लाग्दा पनि करीब ४० प्रतिशत काम बांकी नै रहेको छ । हुनत निर्देशनालयले ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको दाबी गर्दै आएका छन ।

ठेकेदारलाई कारवाही भएन

करीब एकवर्ष अघि नै अनुगमन समिति संयोजक इन्दु शर्माले कमसल सामाग्रीको प्रयोग, मापदण्ड विपरित निर्माण, गुणस्तरहीन निर्माण भएको सहितका आफ्नो प्रतिवेदन विकास तथा पूर्वाधार समितिका सभापति कल्याणी खड्कालाई बुझाई सकेपनि हालसम्म कारवाही हुन सकेको छैन ।

४ सदस्यीय रहेको सो समितिले सम्झौताको मात्र ४ महिना बांकी रहेको अवस्थामा पनि निर्माण कार्यको प्रगति शुन्य रहेको ठहर गर्दै समयमै सम्पन्न गर्न सक्न निर्देशन दिएको थियो ।
७५ प्रतिशत कार्य सम्पन्न भइसकेको निर्देशनालये दाबी गर्दै आएका बेला समितिकी सदस्य मीनाक्षी झाले ‘अनुगमनको क्रममा सडकको प्रथम चरणको जग नै कमजोर, गुणस्तरहीन, सम्झौता विपरीत कार्य भएको अनुगमनमा देखिएको बताएकी थिइन ।

उनले दिनहुँ हजारौं टन बराबरको गाडी गुड्ने सडकको निर्माण लागत इस्टिमेट नै सामान्य रहेकोले सडक कमजोर निर्माण हुनेछ, दीर्घकालीन हुन सक्दैन सचेत समेत गराएपनि काममा सुधार गरिएको देखिदैन ।

सम्झौता अनुसार टनका टन भारी लिएर १८ चक्के मालबाहक सवारीसाधन गुड्ने सक्ने गरी डीबीएसटी कालोपत्रे सहितको सडक निर्माण हुनुपर्ने हो, तर मापदण्ड विपरित सामान्य ओटासिल कालोपत्रे गरिएको कुरा प्रतिवेदनमा हो ।

हुलाकी राजमार्ग निर्देशनालय जनकपुरका कर्मचारी, धनुषा र महोत्तरीका प्रशासनको आर्थिक चलखेलमा कमसल, कमजोर, गुणस्तरहीन र मापदण्डविपरीत निर्माण भइरहेको आरोप लाग्दै आएको बेला योजना कार्यालयका प्रमुख राजेन्द्रप्रसाद दासले सडकमा कमसल सामाग्री प्रयोग नभएको र गुणस्तरहीन कार्य नभएको दाबी गरेका छन ।

उनले भने सडक निर्माण कार्य अझै पूरा भइनसकेकाले क्षति भएको जस्तो देखिएको हो । स्लोप तयार पार्ने र घाँस लगाउने काम बाँकी नै रहेकाले वर्षातमा क्षति भएको देखिएको बताउँदै उनले सबै काम पूरा भइसकेपछि यस्तो अवस्था नरहने उनको दाबी छ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव