जनकपुरधाम, साउन ११ गते । महिलालाई दुव्र्यवहार गरेको आरोपमा जनता समाजवादी पार्टीका नेता नविन यादव विरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता भएको छ ।
गएराति जनकपुरधामको शिव चोकस्थित जनकपुर फास्टफूड क्याफेमा कार्यरत महिलालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका नेता यादव विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषाले आइतबार सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको बताइएको छ ।
नेता सहित अन्य ३ जना गरी ४ जनालाई प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले पक्राउ गरेको थियो । नेता यादवले शनिबार राति महिलालाई दुव्र्यवहार गर्नुका साथे क्याफेमा झै झगडा समेत गरेको कारण मुद्दा दर्ता गरेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताएका छन ।
ती महिला तथा क्याफे संचालकको उजुरीको आधारमा यादवमाथि मुद्दा दर्ता गरेको डीएसपी कार्कीले जनाएको छ । ‘क्याफे संचालक र महिलाले प्रहरीमा उजुरी दिएपछि हामीले मुद्दा प्रकृया अगाडी बढाएका छौँ’, उनले भने ‘यादव संगै पक्राउ परेका अन्य कसैको संलग्नता नरहेको पुष्टि भएपछि तिनीहरुलाई छाडिएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !