जनकपुरधाम, साउन ११ गते । प्रदेश २ स्थित उच्च अदालत जनकपुरको राजविराज इजलासका एकजना न्यायाधीशमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताएका छन ।
एक हप्ता पहिले मात्र उच्च अदालत राजविराजको इजलासमा कार्यरत्त सहसचिव स्तरका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । सप्तरीमा एकजना न्यायाधीश सहित प्रहरी र अन्य पाँचजनामा कोरोना संक्रमण पुष्टि भइसकेको यादवले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !