जनकपुरधाम, साउन ११ गते । हाल बढदै गएको कोरोना संक्रमण महामारीको दृष्टिगत गर्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सीमानाकामा थप कडाई गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन ।
पिसिएमसीको आइतबार सम्पन्न बैठकमा मुख्यमन्त्री राउतले पछिल्लो समयमा प्रदेशमा कडा लक्षण सहितको कोरोना संक्रमित फेला पर्नुको मुख्यकारण सीमानाकाबाट लुकीछिपी आउनेहरु रहेको उल्लेख गर्दै तीनवटै सुरक्षा निकायलाई यस्तो निर्देशन दिएका हुन ।
बैठकमा मुख्यमन्त्री राउतले लक्षण सहितको कोरोना संक्रमितहरु देखिन थाले पनि यसबाट जोगिन अपनाउनु पर्ने उपायहरु बारे विज्ञहरु संग सुझाव समेत लिएका छन । कोरोना नियन्त्रणको लागि प्रदेश सरकारबाट भए गरेको कामकाजको प्रगति बारे जानकारी लिदैं मुख्यमन्त्री राउतले रोकथाम , नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिए ।
सो बैठकमा सामाजिक विकास मन्त्री नवल किशोर साह, प्रमुख सचिव अर्जुन प्रसाद पोखरेल सहित विभिन्न मन्त्रालयका सचिवहरु, विज्ञ समूहका सदस्यहरु, सुरक्षा निकायका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !