जनकपुरधाम, साउन ११ गते । शान्ति सुरक्षा व्यवस्थापनको नाममा प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्रालयले २४ लाख रुपैया खर्च गरेको छ ।
मन्त्रालयले प्रहरी आफनो अधिनमा नरहेको कारणले शान्ति सुरक्षा व्यवस्थापन गर्न समस्या भईरहेको भन्दै आर्थिक वर्ष २०७५/०७६ मा मन्त्री ज्ञानेन्द्र यादव र सचिवले सुराकीको नाउमा करिब २४ लाख रुपैया खर्च गरेको हो ।
महालेखा परिक्षकको आर्थिक वर्ष २०७५।०७६ प्रतिवेदनमा मा सो प्रदेश मन्त्रिपरिषद्को २०७५।२।१० को निर्णयानुसार आन्तरिक मामिला तथा कानून मन्त्री तथा सचिवलाई भैपरी आउने शान्ति सुरक्षाको काममा बिल भरपाई पेश नगर्ने भनी सुराकीको नाममा खर्च गरिएको भनिएको छ ।
सो प्रतिवेदनमा भरपाई पेश गरी रहनु नपर्ने गरी एक पटकमा महिनाको बढीमा ५ पटकले मन्त्रीलाई प्रतिपटक रु.३० हजार र सचिवलाई रु.१० हजार यो वर्ष मन्त्रीलाई रु.१८ लाख र सचिवलाई रु.६ लाख समेत कूल रु.२४ लाख खर्च लेखेको जनाइएको छ ।
प्रदेशको शान्ति सुरक्षा स्थापना गर्न नसकेको भन्दै नेपाल सरकारको आलोचना गर्दै आएका प्रदेश २ सरकारले संघीय सरकारको नक्कल गर्दै सुराकीका नाममा कार्यकर्ता पाल्न रकम बांडेको आरोप लाग्न थालेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !