वीरगञ्ज, साउन १० गते । कोरोना संक्रमितको संख्या बढदै गएपछि प्रदेश २ को सप्तरीको राजविराजपछि अब पर्साको बिरगञ्जमा अनिश्चितकालिन कफ्र्यु जारी गरिएको छ ।
कोरोना संक्रमण निरन्तर बढदै गएपछि वीरगञ्ज महानगरपालिका क्षेत्रभर शनिवार बिहानैदेखि अनिश्चितकालिन कर्फ्यु लगाएको छ ।
कफ्र्यु जारी भएसँगै वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा घर बाहिर निस्कन प्रतिबन्ध लागेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
महानगर क्षेत्रभित्रका सम्पूर्ण पसल र उद्योग व्यवसाय बन्द गर्नुका साथै अन्य जिल्लाबाट (विशेषगरी भारतबाट) आउन पूर्णप्रतिबन्ध पनि लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार राजनीतिक दलहरुसँग छलफल गरेपछि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु लगाउने निर्णय गरेको थियो ।
सहायक प्रजिअ बस्नेतका अनुसार कफ्र्यु लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने, सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ र उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने निर्णय समेत गरिएको छ ।
यसका साथै मास टेस्टिङका क्रममा फेला परेका लक्षण नभएका संक्रमितलाई होम आइसोलेसनमा राख्ने, लक्षण देखिएकोलाई मात्रै अस्थायी कोभिड अस्पतालमा लैजाने र आईसीयू तथा भेन्टिलेटरको थप व्यवस्था गर्ने निर्णय पनि उनले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !