जनकपुरधाम, असार २६ गते । मधेशीलाई अपहेलित हुने गरी प्रस्तुति गरेको कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कर्यक्रम ‘ह्वाट द फ्लप’का प्रस्तोता एवं सञ्चालक सन्दीप क्षेत्रीले माफी मागेका छन् ।
उनले कार्यक्रम मार्फत मधेशी समुदायको मानमर्दन, भावनालाई आघात पु¥याउने खालको प्रस्तुति गर्दै आएको आरोपसहित क्षेत्रीविरुद्ध प्रहरीमा उजुरी परेपछि माफी मागेका हो ।
बिहीबार साँझ प्रसारण भएको कार्यक्रम ‘ह्वाट द फ्लप’ मार्फत आफ्नो कार्यक्रम विशुद्ध मनोरञ्नात्मक र सूचना दिनका लागि निर्माण गरिएको स्पष्ट पार्दै उनले माफी मांगेका हुन ।
उनले कार्यक्रमलाई यहाँसम्म ल्याइ पु¥याउन तपाईं दर्शकहरुकै सल्लाह–सुझावले काम गरेको छ र तपाईंहरुको सल्लाह र सुझाव अनुरुप नै आफूलाई परिमार्जित गरेर लैजानको निमित्ति ‘ह्वाट द फ्लप’ तथा कान्तिपुर टेलिभिजनका कुनै पनि कार्यक्रम हरदम तयार रहेको छ ।
क्षेत्रीले ‘ह्वाट द फ्लप शो’ बन्द गराउन र कारवाही मांग सहितको प्रेस काउन्सिलमा उजुरी परेको थाहा पाएपछि कार्यक्रममै ‘आफूले कार्यक्रममा निर्माण गरेको एक चरित्रबाट एक समुदाय दुःखी भएको खबर थाहा पाउँदा म पनि मर्माहत भएको छु’, सन्दीपले कार्यक्रममा भनेका छन्, ‘त्यो मेरो आफ्नो समुदाय हो। मलाई माया गर्ने मान्छेको मन दुखेको खबर थाहा पाइसकेपछि मेरो मन दुःख्नु स्वभाविक हो।’
कार्यक्रम मार्फत कुनै पनि समुदायको मन दुखाउने उद्देश्य कहिलै नरहेको बताएका सन्दीपले भने, ‘यदि मबाट तपाईंहरुको मन दुखेको छ भने म हाम्रो ‘ह्वाट द फ्लप’ टिम र कान्तिपुर टेलिभिजन माफी माग्न चाहन्छ भनेका ।
केही दिन अगाडि कार्यक्रम ‘ह्वाट द फ्लप’ बन्द गराउन प्रेस काउन्सिल र मधेशी आयोगमा डा. शरद सिंह यादवले उजुरी दिएको थियो । उक्त उजुरीमा कार्यक्रमका प्रस्तोता सन्दीप क्षेत्री, कार्यक्रमका ब्यावस्थापक र प्रोड्युसर विशाल घोषलाई कानूनी कारवाहीको माग गरिएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !