जनकपुरधाम, असार २६ गते । बाढी पहिरो बाट प्रदेशमा हुन सक्ने जोखिम न्युनिकरणको लागि तीनै सुरक्षा निकायलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हाई अलर्ट (उच्च सतर्कता) मा बस्न निर्देशन दिएका छन् ।
शुक्रवार बिहान मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न विपद व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको आठ वटै जिल्ला बाढीको उच्च जोखिममा रहेको हुँदा जोखिम न्युनिकरणलाई तयारी अवस्थामा बस्न निर्देशन दिएका छन ।
जोखिम न्युनिकरणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय र सुरक्षा निकायहरुले गरेको तयारी बारे जानकारी लिदै मुख्यमन्त्री राउतले यस्तो निर्देशन दिएका हुन् ।
उनले जोखिम न्युनिकरणको लागि आवश्यक सामग्रीहरुको तत्काल आपूर्ति गर्न समेत सम्बन्धित मन्त्रालय र निकायहरुलाई निर्देशन दिएको कुरा मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।
सो बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, आर्थिक मामिला तथा कानून मन्त्री विजय कुमार यादव, जनकपुधाम उपमहानगरका प्रमुख लाल किशोर साह, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, प्रमुख सचिव लगायत प्रदेशका सचिवज्यूहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धानका प्रदेश प्रमुख तथा प्रतिनिधिहरु लगायतका उपस्थिति रहेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !