जनकपुरधाम, असार २६ गते । लामो प्रतिक्षा पश्चात महोत्तरीको बर्दिबासमा ५० बेडको हस्पिटल सञ्चालनमा आएको छ ।
शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले उक्त हस्पिटलको शुक्रबार बिहान एक समारारेह बिच उदघाटन गरेका छन । स्वास्थ्य मन्त्रालयबाट निर्मित सो हस्पिटलमा अहिले कोभिड –१९ रोगको उपचार मात्र हुने जनाएको छ ।
कोरोना भाइरस संक्रमित भएका बिरामीहरुलाई उपचार गर्ने उद्देश्यले अहिले अस्पतालका सबै बेडलाई आइसोलेशन नै बनाइएको छ ।
हस्पिटलमा कोरोना भाइरस संक्रमण परिक्षण गर्न पीसीआर मेसिन जडान हुन लागेको वाइसिएल नेता शंकर महतोले जानकारी दिएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !