जनकपुरधाम, असार २३ गते । बढदै गएको कोरोना भाइरस संक्रमणबाट बच्न नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालयले जनकपुरधाम स्थित जानकी आँखा अस्पताललाई सुरक्षा सामाग्री उपलब्ध गराएको छ ।
संक्रमणको अवस्थामा पनि खटदै आएका आँखा अस्पतालका स्वास्थ्यकर्मी र चिकित्सकहरुका लागि सिंगापुर रेडक्रसको सहयोगमा रेडक्रसले पिपिई, सर्जिकल मास्क, एन ९५ मास्क, सेनिटाईजर लगायतका सुरक्षा सामाग्री वितरण उपलब्ध गराएको हो ।
सोमवार नेरेसो स्वास्थ्य विभागका उपनिर्देशक शिवराम गौतमले आँखा अस्पतालका मेडिकल डाइरेक्टर वरिष्ठ आँखा चिकित्सक डा. हेमचन्द्र झालाई १४० थान पिपिई, ३५० वटा एन ९५ मास्क, ४९ पैकेट सर्जिकल मास्क र सेनिटाइजर हस्तान्तरण गरेका हुन ।
उक्त हस्तान्तरण कार्यक्रममा आँखा अस्पतालका दिपेन्द्र सिंह, राजन साह लगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
सामाग्री हस्तान्तरण पश्चात लोकपुकार संग कुरा गर्दै अस्पतालका दिपेन्द्र सिंहले भने आँखा अस्पतालका स्वास्थ्य टीमले कोरोना भाइरस जोखिमको अवस्थामा चेकजाँच र सर्जिकल लगायतका सेवा दिदैं आएको थियो, अब सुरक्षा सामाग्री उपलब्ध भएपछि सेवा कार्यलाई निरन्तरता दिदै अझ प्रभावकारी बनाइनेछ ।
कोरोना भाइरस संक्रमण बचाउ सुरक्षा सामाग्री वितरणका साथै नेरेसोले कोरोना भाइरसको बढदो संक्रमणको बेलामा पनि जोखिम मोल लिएर बिरामीलाई सेवा दिंदै आएकोमा आँखा अस्पताल स्वास्थ्यकर्मी, चिकित्सक र प्रशासकीय टिमलाई धन्यवाद समेत ज्ञापन गरेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !