जनकपुरधाम, असार २१ गते । लागू औषध सहित सिरहामा एकजना पक्राउ परेको छ ।
पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका ४ बस्ने ४२ वर्षीय मनोजकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटेको प्रहरी टोलीले आइतबार बिहान ११ बजे साहलाई आफ्नै घर कोठामा बिक्री वितरणको लागि लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उनको साथबाट लागुऔषध डाइलेक्स डीसी १०० एमएलको ६७ बोतल, नाइट्रोअभेट ट्याबलेट १ सय ६५ पिस बरामद भएको डिएसपी घिमिरेले बताए । पक्राउ परेका साहमाथि आवश्यक कारबाहीका लागि थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !