जनकपुरधाम, असार २१ गते । जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा लामखुट्टे नियन्त्रणको नाममा मात्रै करीब साढे १४ लाख रुपैया खर्चेको छ ।
नगरमा लामखुट्टेको आतंक रहेको भन्दै उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ४० लाख रुपैया विनियोजन गरिएकोमा वैशाखसम्म १४ लाख ४७ हजार ९ सय ८१ रुपैया लामखुट्टे नियन्त्रणमा खर्च गरेको छ ।
यतिको रकम उपमहानगरपालिकाले लामखुट्टे नियन्त्रणको नाममा खर्चेपनि नगर लामखुट्टे नियन्त्रण नभई झन आतंकित नै बनेको छ । प्रत्येक दिन बिहान र बेलुका लामखुट्टे आतंकको कारण घर र पसलमा बस्नै नसक्ने अवस्था रहेको छ ।
लामखुट्टे नियन्त्रणका लागि सरसफाई समेत करोडौ रुपैया खर्चिएपनि नगरका प्रमुख चोकहरु पुरानो बस पार्क, भैरव चौक, राजदेवी मन्दिर, विश्वकर्मा चोक, विद्यापति चोक, जानकी चोक, रामानंद चोक, पिडारी चोक, पुल चोक सहितको स्थानहरु फोहर र दुर्गन्धित नै रहेको देखिन्छ ।
जनकपुरधाम उपमहागरपालिकाले सर सफाईको नाममा वर्षेणी करोडौ रुपैया खर्चेपनि उचित व्यवस्थापनको आभाव र ध्यान नदिएको कारण कुरूप बनेको स्थानीय युवानेता सरोज मिश्रले बताए ।
उप महानगरपालिकामा आफूहरुले बारम्बार बोर्ड बैठकमा फोहोर मैला व्यवस्थापनका लागि २५ ओटै वार्डको लागि ट्याक्टर खरीद गर्न माग राख्दा समते मेयरले ध्यान न दिएको उप महानगरपालिका ३ का वडाध्यक्ष दिपेन्द्र साहले बताए ।
वडा अध्यक्ष साहले मेयर आफुखुशी बजेट चलाउने गरेको र कुनै सफाई उपकरण खरीद गर्दा आफुखुशी नै खरीद गर्ने गरेको अरोप समेत लगाए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !