जनकपुरधाम, असार १८ गते । राजु सादाको घटनामा संलग्न दोषीलाई कारवाहीको मांग गर्दै दलित समुदायले प्रदेश २ स्थित मुख्यमन्त्री कार्यालय घेराउ गर्न खोज्दा लाठी चार्ज र आश्रुग्यास प्रहार भएको छ ।
उपचार नपाएर प्रादेशिक अस्पताल जनकपुरको आइशोलेसनमा धनुषाको हंसपुर नगरपालिका निवासी राजु सादाको मृत्यु भएको भन्दै दलित समुदायले आन्दोलनको क्रममा बिहीवार प्रदर्शन गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कार्यालय घेराउ गर्न खोज्दा प्रहरीले लाठी चार्ज एवं आश्रुग्यास प्रहार गरेको हो ।

दलित संघर्ष समितिको नेतृत्वमा पिडारी चोकबाट सुरु भएको प्रदर्शन मधेस भवन अगाडि पुगेर नारा जुलुस गरिरहेको क्रममा प्रहरीले भीड तितरबितर पार्न केही राउन्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ ।
मधेस भवनमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि हुँदै जिल्ला प्रशान अगाडि प्रदर्शन गर्दै जनक चोकमा आएर कोण सभा गर्ने कार्यक्रम दलित संघर्ष समितिले सार्वजनिक गरेको थियो । तर बीच बाटोमै मुख्यमन्त्री कार्यालय परेपछि प्रदर्शनकारीहरुले त्यहाँ रुकेर नारा जुलुस गरेको थियो ।
प्रदर्शनकारी मुख्यमन्त्री कार्यालयम प्रवेश गर्न खोज्दा अश्रुग्यास प्रहार र हवाई फायर गरेको प्रहरीले जनाएको छ । केहिसेल हवाई फायर र अश्रुग्यास प्रहार गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले पुष्टि गरेका छन । उनले भने प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालयमा प्रवेश गरी तोडफोड गर्न खोजेपछि बचाउका लागि प्रहरीले भीड तितरबितर पार्न आश्रुग्यास प्रहार गरेको हो ।
मुख्यमन्त्री कार्यालयबाट तितरबितर भएका प्रदर्शनकारी पुनः प्रादेशिक अस्पताल नजिक बारह विग्हा मैदान अगाडि बाटो अवरुद्ध केही घण्टा प्रदर्शन समेत गरेका छन । गाउँ गाउँबाट हजारौँको संख्यामा मानिसहरु प्रदर्शन गर्न ट्याक्टर चढेर जनकपुर आएका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !