गौर, असार १८ गते । स्रोत नखुलेको १० लाख रुपैयाँसहित रौतहबाट एकजना पक्राउ परेको छ ।
गौर नगरपालिका–२ महादेवपट्टिबाट १० लाखसहित साही ठाउँका २३ वर्षीय अविनाश गुप्ता बुधबार साझ पक्राउ परेका हुन् ।
भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त मोटरसाइकलको बायाँ तर्फको लेगगार्डमा झुण्डयाएको नाइलनको झोलाभित्र प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त गस्ती टोलीले १० लाख नगद फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा बताइएको छ ।
प्रहरीले यसअघि पनि सीमा क्षेत्रबाट १८ लाखभन्दा बढी रकम बरामद गरेको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !