जनकपुरधाम, असार १७ गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा पनि आउन दुई साता क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै बढी जनघनत्व भएको जिल्लाका सदरमुकाममा प्रवेश गर्न अनिवार्य क्वारेन्टिनको व्यवस्था लागु गर्न अनुरोध गरेको हो ।
कोरोना भाइरसको संक्रमण निरन्तर फैलिरहेकोले यसबाट नागरिकलाई बच्न र बचाउनका लागि थप सतर्कता अप्नाउन गृहमन्त्रालयको सर्कुलर अनुसार कम्तिमा दुई साता क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्यताको सो नियम ल्याएको हो ।
कोरोना भाईरस नियन्त्रण, रोकथाम र उपचारलाई मुलुकभर प्रभावकारी बनाउने उद्देश्यले एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।
कोरोना संक्रमितको संख्या बढिरहेका बेला जिल्लामा थप संक्रमण भित्रिन नदिन यस्तो कडाई गरिएको उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !