जनकपुरधाम, असार १२ गते । प्रदेश २ सरकारले उपचार अभावमा छटपटिएर मृत्यु भएका क्वारेन्टाईना रहेका कोरोना शंकास्पद धनुषाको हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहत स्वरुप ५ लाख दिइने जानकारी दिए ।

घटनाको छानबिन गर्न गठित समितिले काम सुरु गरिसकेको जनाउँदै मन्त्री यादवले छानबिनमा दोषी देखिने जोकोहीलाई कारबाही गरिने बताएका छन् ।
प्रदेश सरकारले बिहीबार मात्र १६ वर्षीय राजु सदाको मृत्युबारे छानबिन गर्न स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र शाहको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो ।
भारतबाट आएका सदा हंसपुर नगरपालिका स्थित क्वारेन्टाईनमा राखिएको थियो । क्वारेन्टाईनमै उनको स्वास्थ्य बिग्रिएपछि उपचारका लागि प्रादेशिक अस्पतालमा राखियो ।
तर त्यहाँ कार्यरत चिकित्सकहरुले क्वारेन्टाईनबाट आएको कारण कोरोना लागेको हुन सक्ने भनी उपचार गरेनन । उपचार आभावमा छटपटिएर उनको मृत्यु भएको थियो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !