जनकपुरधाम, असार १२ गते । विवादका बीच जनकपुरधाम उपमहानगरपालिकाले पाँचौ नगरसभा बुधबार मध्यराति सम्पन्न गरेको छ ।
मेयर लालकिशोर साहले केही कार्यपालिका सदस्यहरुको असन्तुष्टिका बीच विकट परिस्थितिमा पनि सबैलाई समेटेर नगरसभा सम्पन्न गर्न सफल भएका हुन् ।
आर्थिक वर्ष २०७७/०७८ को लागि एक अर्व ६५ करोड २५ लाख ७१ हजार ९ सय २५ रुपैयाँको बजेट नगरसभामा प्रस्तुत गरिएको थियो ।

विनियोजित बजेटमा चालुतर्पm एक अर्व आठ करोड ११ लाख ८६ हजार पाँच सय पचास र पुजिगततर्पm ५७ करोड १३ लाख ८५ हजार तीन सय ७५ रुपैयाँ विनियोजन गरेको छ । बजेटमा स्वास्थ्य र पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिएको छ ।
बजेट व्यवस्थापनका श्रोतहरुमा आन्तरिक श्रोतबाट २० करोड ४४ लाख, केन्द्रिय सशर्त अनुदानबाट ५२ करोड ८५ लाख,वित्तिय समानिकरणतर्पm ३३ करोड ४४ लाख तथा प्रदेश अनुदानतर्पm पाँच करोड २९ लाख ५९ हजार ६ सय ९० रहेको छ ।
मेयर साहले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै आउँदो आर्थिक वर्षमा विकास निर्माण कार्यले थप गति लिने विश्वास व्यक्त गरे । नगरबासीले दिएको अभिभारा पूरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउंदै मेयर साहले असन्तुष्टि र मनमुटावलाई निरुत्साहित गर्दै अघि बढ्नेछु र उपमहानगरपालिका भित्र रहेको २५ वटै वडाको विकास जिम्मेवारी आफू पूरा गर्ने भने ।

यता नगरसभा विरुद्ध असन्तुष्ट वडाध्यक्षहरु विरोध प्रदर्शन समेत गर्दै आएका छन । असन्तुष्ट वडाध्यक्षहरु मेयर साहले अवैधानिक तरिकाले सम्पन्न गरेको भन्दै शुक्रवारदेखि चरणवद्ध सडक संघर्ष सुरु गरेका छन् ।
असन्तुष्ट वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको बिरोधका बावजूद साहले घोषितरुपमा नगरसभा गर्न नसकेपनि बहुमतलाई बेवास्ता गर्दै अल्पमतका आधारमा अवैधानिक ढंगले नगरसभा सम्पन्न गरेको भन्दै वडाध्यक्षहरुले शुक्रबारदेखि चरणबद्द विरोधका कार्यक्रमहरु घोषणा गरेका हुन् ।
असन्तुष्ट वडाध्यक्षहरुले जनक चोकबाट विरोध र्यालीको आयोजना गरि नगर परिक्रमा गरेका छन । जनक चोकबाट निकालिएको विरोध र्याली रामचोक, महावीर चोक, सोनारपट्टी, जानकी मन्दिर, शिवचोक, भानुचोक हुँदै पुनःजनक चोकमा पुगी कोणसभामा परिणत भएका थियो ।
वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले आफ्नो अवैधानिक नगरसभालाई वैधानिकता प्रदान गर्नका लागि मेयर साहले वडाध्यक्ष तथा वडा सदस्य एवम् कार्यपालिका ससदस्यहरुलाई पैसा खर्चेर किनेको आरोप लगाए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !