जनकपुरधाम, असार १० गते । वडाअध्यक्षको विरोधले मंगलवार हुने भएको जनकपुरधाम उपमहानगरपालिकाको पांचौ नगरसभा बुधवार पनि हुन सकेको छैन ।
सभाको तयारीका लागि योजना तर्जुमा सम्बन्धी बसेको बैठकमा मेयर लालकिशोर साहले एकलौटी निर्णय गर्न खोजेको भन्दै वडाध्यक्षहरुले आरोप लगाउंदै माइनेट च्यातेपछि दुवै पक्षबीच विवाद उत्पन्न भएको हो ।
मेयरको विरोधमा मंगलवारदेखि धर्नामा बसेका वडाध्यक्षहरुले बुधवार पनि सभाको विरोध गर्दै धर्ना दिएका छन । वडाध्यक्षको धर्नाले उपमहानगरपालिकामा दिनभरि नै तनावग्रस्त अवस्था रहेको थियो । सम्भावित दुर्घटनाको दृष्टिगत गर्दै धर्नास्थलमा व्यापक संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
मेयर साहले कसैलाई थाहै नदिई एकलौटी रुपमा योजना बाँडफाँड गरेको कारण आफूहरु विरोधमा उत्रेको वडा नं. ७ का अध्यक्ष जानकीराम साहले आरोप लगाए । उनले भने बजेट अनुसारको योजना वडाहरुमा वितरण हुनुपर्छ ।
विरोधमा रहेका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर लालकिशोर साह तानासाही भएको र वडाहरुमा न्युन बजेट दिएर सम्पूर्ण बजेट आफूमा निहित राख्न चाहिरहेको आरोप लगाउंदै आएका छन ।
यसैबीच मेयर साहसँग संचारकर्मीहरुले लिन खोज्दा कुनै प्रतिक्रिया दिएका छैनन । उपमहानगरपालिका अगाडि धर्नामा बसेका वडाध्यक्षहरुको भीडलाई सुरक्षाकर्मीको सहयोगमा चिर्दै कार्यालय जान लागेको बेला संचारकर्मीहरुले नगरसभा हुन नसक्नु कारण बारे जिज्ञासा राख्दा कुनै प्रतिक्रिया दिएन ।
बजेट अनुसार योजना पारदर्शी हुनु परयो र निती तथा कार्यक्रम अनुसार नै योजनाको बाँडफाँड हुनुपर्नेमा मेयरले एकलौटी गर्न खोजेको आरोप वडा नं. ९ का अध्यक्ष परमेश्वर साहले आरोप लगाए । गणपुरक संख्या पुग्न नसकेपछि नगर सभा हुन सकिरहेको छैन । आन्दोलनरत वडाध्यक्षहरु पक्षमो १ सय ३३ कार्यपालिका सदस्य मध्ये ७४ सदस्य रहेका छन ।
उपमहानगरपालिकाका प्रशासकीय अधिकृतले एक सूचना गरी गणपुरक संख्या नपुगेको कारण असार ९ गते भनिएको नगर सभा स्थगित गरिएको जानकारी गराउंदै असार १० गते बिहान ८ बजे हुने भनेको थियो तर बुधवार पनि हुन सकेन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !