रौतहट, असार १० गते । रौतहटमा एक प्रहरी महिलासँग आपतिजनक अवस्थामा पक्राउ परेको छ ।
जिल्लाको बसन्तपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सञ्जिव झालाई महिलासँग आपत्तिजनक अवस्थामा भेटेपछि स्थानीयले लाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, रौतहटमा बुझाइएको छ ।
असई झा राजदेवी नगरपालिकाको वडा नं. २ मा एक महिलालाई भेट्न राति पुगेका थिए । त्यहीँ सामुदायिक भवन घेरेर स्थानीयले उनलाई नियन्त्रणमा लिएका थिए ।
जिल्ला प्रहरी कार्यालयको टोली पुगेपछि मात्र उनलाई छाडिएको थियो । जनताको सुरक्षाका लागि खटिने प्रहरी नै मध्यरातमा आपत्तिजनक अवस्थामा पक्राउ परेपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी रविराज खड्काले झा के कारणले मध्यराति महिलालाई भेट्न गए भन्ने विषयमा अनुसन्धान भइरहेको बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !