जनकपुरधाम, असार ९ गते । लकडाउन भएदेखि समयमा उपचारको नपाएपछि ४० जना सुत्केरी महिलाको मृत्यु भएको छ ।
बन्दाबन्दीका कारण टाढासम्म जान कठिन हुने र नजिकका अस्पतालहरू कोरोना उपचार केन्द्रमा परिणत भएपछि गर्भवती तथा सुत्केरी बढी जोखिममा पर्न गएको हो ।
हुनत केही स्थानीय तहले गर्भवती महिलालाई उच्च प्राथमिकतामा राखेको छ तर पनि उपचार भ्याउने अवस्था रहेको देखिदैन । कतिपय त उपचारका लागि लग्दा लग्दै मृत्यु भएको छ भने कतिको अस्पतालमा उचित हेरचाह हुन नसक्दा मृत्यु हुन गएको चिकित्सकहरुको भनाई छ ।
स्वास्थ्य सेवा विभागको परिवार महाशाखा अन्तर्गत मातृ तथा नवशिशु शाखा प्रमुख डा.पुण्य पौडेलका अनुसार चैत ११ गतेदेखि अहिलेसम्म ४० जना सुत्केरीको निधन भइसकेको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ प्रमुख अञ्जु ढुङ्गानाका अनुसार बन्दाबन्दीमा देशभरबाट १७ जना गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरिएको छ ।
स्थानीय तहले राहतमा प्राथमिकता र आवश्यक पर्दा एम्बुलेन्स सेवा निःशुल्क उपलब्ध गराउँदै आए पनि छुट्टै व्यवस्था नगरेको पाइएको छ ।
कोरोना सङ्क्रमणबाट नागरिकलाई बचाउन र बन्दाबन्दीको समयमा राहत, क्वारेन्टाइन र कोरोना परीक्षणमै स्थानीय तहलगायत राज्यको ध्यान केन्द्रित हुँदा धेरै गर्भवती तथा सुत्केरीको स्वास्थ्य जोखिममा परेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !