जनकपुरधाम, असार ६ गते । पछिल्लो २४ घण्टामा प्रदेश २ मा ३४ जना कोेरोना संक्रमण पुष्टि भएको छ । यो सँगै प्रदेश २ मा कुल संक्रमितको संख्या २ हजार ८ सय २४ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका ४ जिल्ला गरी ३ जना महिला र ३१ जना पुरुष सहित ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

महोत्तरीमा २४ जना, सर्लाही २ जना, रौतहटमा ५ जना र बारा ३ जनामा संक्रमण पुष्टि भएको छ । महोत्तरीको मटिहानी नगरपालिकाकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही नगरपालिका २ जना किशोर र ४ जना पुरुषमा कोरोना पुष्टि भएको हो । गौशाला नगरपालिकाका ४ जनामा कोरानो संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकाका ११ जनामा कोरोना पुष्टि भएको हो ।
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा ३० वर्षीया महिला र ३० वर्षीय पुरुष गरी २ जना र रौतहटको राजपुर नगरपालिकाको ४ जना पुरुष र एकजना महिलामा कोरोना पुष्टि भएको छ । बाराको सिम्रौनगढ नगरपालिकाका ३ जना पुरुषमा कोरोना पुष्टि भएको जनाइएको छ ।
त्यसैगरी प्रदेश २ मा बाट पछिल्लो २४ घण्टामा १ सय १७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएसंगै हालसम्ममा ८ सय ५७ जना कोरोना संक्रमित उपचारपछि निको भई घर फर्केका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !