रौतहट, असार ६ गते । रौतहटमा एक महिलालाई अज्ञात समूहले घरबाटै प्रयास गरेको छ ।
गएराति जिल्लाको गरुडा नगरपालिका मलाही टोलकी एक महिलालाई घरबाटै अज्ञात समूहले अपहरणको प्रयास भएको छ । आफ्ना छोराछोरीसँग रहेकी महिलालाई गएराति ९ बजे चार जनाको समूहले अपहरण प्रयास गरेका हुन् ।
महिलाका श्रीमान कामको सिलसिलामा गौरमा रहेको मौका छोप्दै चार जनाको समुहले अपहरणको प्रयास गरेको थियो । “घरमा बसिरहेको बेला अचानक चार जना आएर मुख थुन्दै बोकेर लग्न थालेका थिए,’ पीडित महिलाले भनिन्, ‘चारैतिरबाट घेरेर उनीहरुले जबरजस्ती घिसार्न थालेपछि गुहार माग्दै धेरैबेर कराएँ । होहल्ला सुनेर छिमेकीहरु आएपछि चारै जना भागे ।
अपहरण गर्न आएका तीन जना गरुडा नगरपालिकाका र एक जना गढीमाई नगरपालिकाको भएको ती महिलाको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले घटनाबारे अनुसन्धान भइरहेको बताउंदै घटनामा संलग्नहरु चाँडै नियन्त्रणमा आउने बताएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !