जनकपुरधाम, असार ५ गते । वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका २४ जनाको शव नेपाल ल्याइएको छ ।
साउदी, कतार, कुवेत र युएई गरी चार देशमा विभिन्न कारणले ज्यान गुमाएका २४ जनाको शव मध्ये १० जना प्रदेश २ कै रहेको छ । कतार एयरवेजमार्फत ४३ जना नेपाली मध्ये २० वटा शव नेपाल ल्याइने तयारी छ । उनीहरुलाई कतार सरकार आफैले पठाएको हो ।

बैदेशिक रोजगार बोर्डका अनुसार कतार बाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याइएको हो । करीब ६ महिनादेखि विभिन्न कारणले विदेशमा रोकिएको नेपालीहरुको शव नेपाल ल्याइएको हो ।
साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए । शुक्रवार दिउंसो काठमाडौ त्रिभुवन विमानस्थलमा पुगेका शवहरु सुरक्षित राखेर प्रक्रिया पुरयाएर आफन्तको जिम्मा लगाइने उनले बताए ।
विदेशबाट शव कहाँ कहाँ को हो
कतारबाट
१. महमुद अलमान मुसलमान, कपिलवस्तु
२. मुस्ताक साइक, सर्लाही
३. रुपेशकुमार मण्डल, सिरहा
४. कुम्बा तामाङ, लमजुङ
५. भक्तबहादुर थापामगर, बाँके
६. राजेन्द्रप्रसाद मण्डल, सप्तरी
७. युवराज अधिकारी, मोरङ
८. मीनबहादुर थापा, भोजपुर
९. नरबहादुर कामी, सुर्खेत
१०. मंगलबहादुर तामाङ, भोजपुर
११. सुकराम थारु, बर्दिया
१२. अरुणकुमार पंजियार, सर्लाही
१३. शिवशंकर राउत, महोत्तरी
१४. चुतर्वा मण्डल, धनुषा
१५. जितेन्द्र थापामगर, मकवानपुर
१६. यामबहादुर थापा, रुपन्देही
१७. कासिदेव यादब, सिराहा
१८. सधोवाका पासवान, सर्लाही
१९. अनिल चौधरी, महोत्तरी
२०. मनोज पासवान, सर्लाही
साउदीबाट
१.भैरब बहादुर बस्नेत
कुवेतबाट
१. सोनि तामाङ, नुवाकोट
२.मानव आले, सङ्खुवासभा
युएईबाट
१. पेम्बा नुर्बु शेर्पा, सोलु
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !