वीरगञ्ज, असार ३ गते । रकम फिरौती मांग्ने घटनामा संलग्न फरार एक अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।
ईटा भट्टा संचालक बारा जिल्ला कलैया उपमहानगरपालिका २५ निवासी मनोज प्रसाद साह तेलीलाई रकम फिरौती नदिंदा ईटा भट्टा बम विस्फोट गराई घरमा समेत बम विस्फोट गराउने धम्की दिदै आएको घटनामा फरार अभियुक्त परवानीपुर गाउँपालिका ४ चैनपुर बस्ने वर्ष २४ को अनिल पटेल लाई प्रहरीले पक्राउ गरेको हो ।

घटना यस्तो थियो
ईट्टा भट्टा संचालक साहलाई २/३ महिनादेखि परवानीपुर ४ निवासी प्रमोद साह गोढले १५ लाख रुपैयाको रकम फोन मार्फत फिरौती मांग गर्दै ईट्टा भट्टामा बम विस्फोट गर्ने चेतावनी दिंदै आएको थियो ।
रकम फिरौती दिन अस्वीकार गरेपछि २०७६ कात्तिक ४ गतेका दिन प्रमोदले मनोजको भट्टामा बम विस्फोट गराई रकम नदिए घरपरिवारमा समेत विस्फोट गराउने धम्की दिदैं आएका थिए । त्यसपछि मंसिर २५ गतेका दिन १५ लाख रुपैयका जिद्द छाडी ३ लाख लाख रुपैया मात्र लिएर आउन प्रमोदले परवानीपुरको चैनपुरमा मनोजलाई बोलाए ।
पिडितले दिएको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सिमराले फिरौती रकम लिन आउने प्रमोद, देवशंकर राम, अच्छेलाल गोसाई, दिपेन्द्रकुमार धानुकलाई घटनास्थलबाट पक्राउ गरेका थिए । पक्राउ परेकाहरुउपर अपराधिक लाभ तथा संगठित अपराध मुद्दामा माघ २७ गतेका दिन जिल्ला अदालतले प्रतिवादीहरू मध्ये देव शंकर राम साधारण तारेख छोड्यो र अन्यलाई पुर्पक्षको लागी कारागार कार्यालय बीरगंज चलान गरियो ।
सोही घटनामा संलग्न फरार रहेका प्रतिवादी मध्येका परवानीपुर गाउँपालिका ४ चैनपुर बस्ने वर्ष २४ को अनिल पटेल लाई गोप्य सुचनाको आधारमा मंगलवार इलाका प्रहरी कार्यालय सीमराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
पक्राउ परेका प्रतिवादी विरुद्ध थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !