जनकपुरधाम, असार २ गते । प्रहरीले धनुषा र सर्लाहीबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
प्रदेश २ प्रहरी कार्यालयले जना अनुसार धनुषाको विदेह नगरपालिका ४ महिनाथपुरबाट एक जनालाई प्रतिबन्धित लागू औषध र सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेही खोला नजिक गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
लखनदेही खोलाको छेउमा खटिएको प्रहरी टोलीले हरिवनबाट नवलपुर तर्फ गइरहेको ना ५८ प ३९४७ नम्बरको मोटरसाईकललाई चेकजाँचको क्रममा मोटरसाईकल चालक सर्लाहीको हरिवन नगरपालिका ३ मोहनपुरका लालबाबु राम र सोही मोटरसाइकलमा पछाडि बसेका सरोज दासलाई १० किलो गाँजा सहित पक्राउ गरेको हो ।
तिनीहरुले उक्त मोटरसाईकलको विच भागमा राखी प्लाष्टिक को बोरामा बेरि गाँजा लगिरहेको थियो । पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीमा ल्याई आवश्यक अनुसन्धानका लागि राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी धनुषाको महिनाथपुर स्थित प्रहरी चौकी ठडिझिजा धनुषाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ पैदल आइरहेको प्रदिप यादवलाई चेकजाँचको प्रतिबन्धित लागू औषध सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका यादवको साथबाट प्रहरीले झोलामा बोकेका प्रोक्जिवन १६ वटा ट्यावलेट (१पत्ता), नाईट्राभेट १५० वटा ट्यावलेट (५ पत्ता), डाईलेक्स ४२ बोतल सिरफ (प्रति वोतल १०० एमएल) प्रतिबन्धित लागू औषध बरामद गरेको हो ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !