जनकपुरधाम, जेठ ३१ गते । जनता समाजवादी पार्टी वरिष्ठ नेता एवं प्रतिनिधि सभा सांसद राजेन्द्र महतोले हाम्रो देशको भूमि बेच्ने देश बेचुवाहरुको पहिचान गरी त्यस्ता राष्ट्रघातीलाई टुडिखेलमा झुण्डयाउनु परयो मांग गरेका छन ।
शनिवार संघीय सदनमा नेता महतोले भने एउटा कुरा देशबासी जान्न चाहन्छन् फेरि यो देशमा राष्ट्रघात हुने हो कि ! राष्ट्रघाती कोको हो यो देशमा ? पहिचान गर्नुप¥यो । राष्ट्रघाती को को हो ? देश बेचुवाहरु कोको हुन् ? देश बेचुवाको खोजी हुनुप¥यो, नेपाली जनताले त्यो पनि खोजिरहेको छ ।
कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको नक्सा नेपालको नक्सामा थियो, ५८ वर्ष पहिले । त्यो त हाम्रो जमिन छँदै थियो नि । कुन देशबेचुवाले देश बेच्यो ? स्वेतपत्र खोई जारी गरेको ? स्वेतपत्र जारी गर्नुपर्दैन ? टुँडिखेलमा राष्ट्रघातीलाई झुण्ड्याउनु पर्दैन ? ढाकछोप गर्ने ?
२५ वर्ष पहिले महाकाली सन्धि भयो र यही संसदबाट पारित गराइएको थियो । त्यो महाकाली सन्धि कसरी भयो ? त्यसमै थियो नि लिपुलेक, लिम्पयाधुराको स्रोत । त्यो नदीको स्रोत कता छ ? त्यो क्लियर भएको भए हाम्रो जमिन मिचिन्थ्यो र ? किन भएन ? यही संसदबाट पारित गराइयो । कसले पारित गरायो ? कसले सम्झौता गरायो ? मैले त सुनेको छु, म त सांसद पनि थिइनँ त्यसबेला । पार्टी पनि फोरेर पारित गराइयो । भो अब ! अब कस्तो राष्ट्रवादी काम ग¥या हो ! महाकालीलाई संसदबाट पारित गराउँदा त्यो महाकालीको नदीको पत्तो नलगाउने र त्यसलाई पारित गर्ने ?
त्यसैले राष्ट्रघातीको पहिचान हुनुपर्छ । यो राष्ट्रवादी कुरा हो, खोखला राष्ट्रवादी कुरा होइन । त्यो राष्ट्रघातीलाई पर्दाफास गर्नुपर्छ । कोको राष्ट्रवादी छन् यो देशमा ? मधेसीलाई राष्ट्रघाती भन्ने ? मधेसीलाई राष्ट्रवादी नभन्ने ? मधेसी जनतालाई त्यसरी औंला ठड्याउने काम नगरोस् राष्ट्रवादको मामलामा । कतिचोटि अग्नि परीक्षा दिने हो ? यस्तो अग्नि परीक्षा नलिनुस् । यो देशको आदिवासी जनजाति, थारुमाथि अन्याय नगर्नुस् । दलितमाथि नगर्नुस् ।
उनले भने राष्ट्रियताको सवालमा पनि एकलौटी रे ! राष्ट्रियताको सवाल आउँदाखेरि त्यो मधेसीले राष्ट्रियताको कुरा गर्छ र ! अरे ! राष्ट्रियता कसैको एकलौटी होइन, याद गर्नुस् । सबैलाई आगह गर्न चाहन्छु, राष्ट्रियता भनेको सम्पूर्ण नेपाली जनताको हो ।
कुनै एउटा वर्ग, एउटा जात, एउटा समुदाय, एउटा क्षेत्रको राष्ट्रियता हुनै सक्दैन । यदि त्यस्तो राष्ट्रियता भयो भने त्यो पंगु राष्ट्रियता हो । त्यो राष्ट्रियता काम लाग्दैन । त्यसैले, आजबाट राष्ट्रियताका परिभाषा, राष्ट्रघातको परिभाषा ठीकसँग गरिनुपर्छ र बुझिनुपर्छ ।
यो संविधानका बारेमा हाम्रा असहमतिहरु रहेका छन् । यो संविधान सबैको हुन सकेन । हिमाल पहाड तराई, मधेसी थारु, गुरुङको हुन सकेन । हाम्रा लागि पनि त्यो बनाइदिनुप¥यो । आज पनि संविधान संशोधनकै सवाल आएको छ ।
यो देशका ठूला पार्टीहरुले सहमति बनाएको थियो, सम्झौता गरिएको थियो । त्यो पीडा त भन्न पाइन्छ नि भन्दै मधेशीको माँग पुरा गर्न चाँडै संविधान संशोधन गर्न मांग समेत गरे ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !