Saturday, August 22, 2026
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
Lokpukar
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव
No Result
View All Result
लोकपुकार टिभी
lokpukar-logo
No Result
View All Result

रामजानकी मन्दिरको जग्गा कब्जा गर्न मारामार, प्रतिष्ठान र स्थानीयबीच युद्ध


जनकपुरधाम, जेठ ३० गते । धार्मिक स्थल जनकपुरधाममा गुठी अधिनस्थ र निजी मन्दिरको जग्गा कब्जा गर्ने होड नै चलेको छ ।

यसैक्रममा जनकपुरधाम उपमहानगरपालिका २३ बेला कुट्टि भनिने श्री रामजानकी दुल्हादुल्हिन मन्दिरको जग्गा सांगठनिक र व्यक्तिगत रुपमा कब्जा गर्न मारमार भइ रहेको छ ।

वर्षौदेखि सो मन्दिरको जग्गा मन्दिरका महन्थ र तात्कालिन गाविस अध्यक्षले मोटो रकम लिई तमसुक बनाएर कब्जा गराए अहिले गुठी संस्थानद्वारा सांगठनिक रुपमा कब्जा गराउन लागिएको छ ।

सो मन्दिरको अर्बौ रुपैयाँ बराबरको कुल १६ विघा जग्गामध्ये करीब ७ विघाभन्दा बढी जग्गा पहिला नै अतिक्रमण भइसकेको छ । ४ विघा जग्गा बस स्टैण्डका लागि लिजमा दिइएको छ भने बाँकी रहेका जग्गा केही लालपुर्जामा बिक्री वितरण गरिएको छ भने मन्दिर बाहेक बाँकी जग्गा विश्व भारती फाउण्डेशनले अतिक्रमण गरेको थियो ।

अहिले आएर गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानले क्यान्सर अस्पताल तथा रगतजन्य रोगको उपचार र रिसर्च सेन्टरको नाममा कब्जा गर्न लागेको छ । प्रतिष्ठानले निर्माण कार्य शुरु गर्न खोज्दा स्थानीयवासी त्यसको विरोध गर्दै सरकारी जग्गा कसैले कब्जा गर्न सक्दैन आफू सुकुम्बासीलाई दिनुपर्ने भनी कब्जा गर्न थालेका छन ।

करीब एक हप्तादेखि मन्दिरको सो जग्गामा कब्जा गर्न हानाथाप भइरहेको भइरहेको केही स्थानीय र केही बाहिरका व्यक्तिहरुले ती जग्गामा चिनो लगाई घेरबार लगाउन थालेका छन । प्रतिष्ठानले यो जग्गा आफ्नो रहेको भनी बल प्रयोग र प्रहरीको मद्दत लिई त्यो चिनो हटाएपछि स्थानीयवासी विरोधमा उत्रेका छन ।

सो जग्गामा राति र बिहान सुकुम्बासी भनिने स्थानीवासी चिनो लगाउंछन र दिउंसोतिर आएर प्रहरी तिनीहरुलाई लखेटी चिनो हटाउंछ यो खेल करीब एक हप्तादेखि भइरहेको छ ।
बेला कुटीको यस जग्गालाई लिएर विभिन्न समयमा अख्तियार दुरुपयोग अनुसन्धान विभागमा विभिन्न व्यक्तिले निवेदन समेत दिएको छ । तर अख्तियारले हालसम्म कुनै कारवाही प्रक्रिया अघि बढाएको छैन ।

अतिक्रमणको नालीबेली

सो मन्दिरको जग्गा २०४९ देखि अतिक्रमण हुँदै आएको छ । हालसम्म करीब ७ विग्घा जग्गामा १३७ घरको अवैध बसोबास छ । कसैसँग लालपुर्जा छैन तर जग्गा भोगचलनका लागि दिइएको भनी तमसुक कागज रहेको छ । जुन कागज आफैँमा अवैध छन् केहीसँग तात्कालिन गाविस अध्यक्ष धनेश्वर पाण्डे र केहीसँग तात्कालिन महन्थ विसखोपरा बाबाले गरेको सहिछाप गरिएको छ । गुठीको जग्गा दुवैमध्ये कसैलाई पनि भोगचलन र लिजमा लगाउने अधिकार छैन ।

एक वर्षअघि भारतीय संस्था विश्व भारती फाउण्डेशनले १ विग्हा ११ कट्ठा १० धुर जग्गा अस्पताल, विद्यालय, बाल आश्रम र वृद्धा आश्रम निर्माण गर्न गुठी सँग लिजमा लिएको भनी कब्जा गर्न खोज्दा स्थानीयवासीले निर्माण गर्न लागेको सामाग्री तोडफोड गरी हटाएका थिए ।

फाउण्डेशनले विद्यालय र वृद्धा आश्रम खोल्ने नाममा केही जग्गामा सामान्य घर निर्माण गरेको तर त्यसमा न त कुनै विद्यालय छ न वृद्धाश्रम नै सो घरमा अनिल दास र नवल साह भन्ने व्यक्ति भोगचलन गर्दै आएको छन । फाउण्डेशन समेतले लिजमा लिएको भनिएको जग्गा केही व्यक्तिलाई पैसा लिएर कागज बनाई बसोबास गराउंदै आएका छन ।

यसैबीचमा गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान समेतले यो जग्गा आफू लिजमा लिएको भनी निर्माण कार्य शुरु गर्न लागेका छन । प्रतिष्ठानले गुठीसँग ५ विग्घा १० कट्ठा जग्गा क्यान्सर अस्पताल निर्माणका लागि लिजमा लिएको दाबी गर्दै आएका छन । जसको विरोध स्थानीयवासीले भूमाफिया रोशन सिंह राणा भन्ने ठेकेदारले कब्जा गर्न लागेको भनी गरिरहेको छ ।

स्थानीयवासीले यदि अस्पताल निर्माण भइरहेको छ भने त्यसको न कुनै बोर्ड झुण्डयाइएको छ, न नक्सा छ, न सम्बन्धित वडाअध्यक्षलाई जानकारी छ ।

के भन्छन स्थानीयवासी

स्थानीय वैद्यनाथ चौधरीले भने मन्दिरको जग्गा बचाउन सबैको दायित्व हो, आफू शुरुमा विश्व भारती फाउण्डेशनले कब्जा गर्न खोज्दा विरोध गरेको थिए । अहिले गजेन्द्रनारायण सिंह प्रतिष्ठानको नाममा भूमाफिया रोशन सिंह राणा कब्जा गर्न खोजिएपछि आफू विरोध गर्दा प्रहरीले मोटो रकमको चलखेलमा आफूलाई मोस्टवाण्टेडको सूचीमा राखेका छन ।

प्रतिष्ठानका जनकपुर प्रतिनिधि भनिने ठेकेदार रोशन सिंह राणाले आफूलाई पछाडि हटन पटक पटक दबाव दिदैं आएको छ नमानेपछि ज्यान मार्ने धम्की समेत दिएको चौधरीले लोकपुकार सँग कुरा गर्दै आरोप लगाए । उनले आफ्नो ज्यान जोगाई दिन सम्बन्धि सरोकारवाला निकायसँग मांग गरेका छन ।

सुकुम्बासी हो भनी जग्गा कब्जा गर्न खोजेका स्थानीयवासी दाबी गर्नेहरु सरकारी जग्गा नै छ सबैले कब्जा गरिरहेको छ, भने सुकुम्बासीलाई पनि दिनु परयो, आफूहरु कब्जा गर्न खोज्दा प्रहरी लगाएर भूमाफियाहरुले कुटपिट गराउने गरेको आरोप लगाए ।

यता रोशनले आफू कसैलाई धाकधम्की दिएको छैन, बरु वैद्यनाथ चौधरी भन्ने व्यक्ति केही व्यक्तिसँग पैसा लिई प्रतिष्ठानको नाममा रहेको जग्गा अतिक्रमण गराउन लागेको आरोप लगाएका छन ।

उनले भने क्यान्सर अस्पताल निर्माणका लागि गुठी संग वैद्यानिक रुपमा ३८ वर्षको लिजमा प्रतिष्ठानले जग्गा लिजमा लिएको हो । त्यसलाई बन्न नदिन केही भू माफियाहरु स्थानीयलाई उचालेर विरोध गर्दै आएका छन ।

रोशन सिंह राणा भनिने व्यक्ति निर्माण व्यवसायी ठेकेदार हुन । उनी जग्गाको कारोबार समेत गर्दै आएको हुनाले स्थानीयले उनलाई जग्गा कारोबारी भूमाफिया भन्दै आएका छन । तात्कालिन राजपा नेपालका नेता रहेका रोशन आफूलाई गजेन्द्रनारायण सिंह प्रतिष्ठानको जनकपुर प्रतिनिधि रहेको दाबी गर्दै आएका छन ।

गुठीको द्ववैध चरित्र

मन्दिरको ३०९ र ५६८ कि.नं. जग्गा मध्ये ५६८ कि.नं.बाट गुठी संस्थानले केही वर्षअघि विश्व भारतीय फाउण्डेशनलाई १ विग्हा ११ कट्ठा १० धुर दिएका छन भने सोही कि.नं. बाट करीब ४ विग्घा प्रतिष्ठानलाई समेत लिजमा दिएका छन ।

प्रतिष्ठानले मांग गरेका मध्ये कि.नं. ३०९ बाट १ विग्घा ११ कट्ठा १० धुर र बांकी कि.नं. ५६८ को दक्षितर्फबाट पुग्ने गरी ५ विग्घा १० कट्ठा जग्गा लिजमा दिएका हुन । गुठीले एउटै किताको जग्गा दुई÷दुई वटा संस्थानलाई लिजमा दिनु भनेको द्ववैध चरित्रको भूमिका देखाएका छन ।

प्रतिष्ठानको निर्माण कार्य अवैध

प्रतिष्ठानलाई ३ वर्षमा निर्माण कार्य सम्पन्न गर्ने ३५ वर्ष भोगचलन सहित ३८ वर्षका लागि २०७४ जेठ १४ गतेदेखि जारी हुने गरी गुठीले लिजमा दिएको थियो । तर निर्माण कार्य अवधि समाप्त भइसकेपछि निर्माण कार्य शुरु गरेको छ ।

समयमा निर्माण कार्य सम्पन्न हुन नसकेमा बढीमा एकवर्षका लागि म्याद थप गर्न सकिने भनी सम्झौतामा भनिएको छ तर प्रतिष्ठानले निर्माणको म्याद थप नगराउंदा त्यो सम्झौता आफैमा रद्द मानिने भएकोले निर्माण कार्य अवैध मानिने सम्बन्धित निकायको ठम्याईछ ।

नोट: लोकपुकार डटकममा प्रकाशित कुनैपनि सामाग्री बिना इजाजत लिई हुबहु वा आंशिक रुपमा कपी गरी प्रकाशन गरे विद्युतिय ऐन बमोजिम दण्डनीय अपराध मानिनेछ । यस किसिमको कार्य गरेको पाइएमा सम्बन्धित संचार माध्यम विरुद्ध हामी कानूनी उपचार खोज्न बाध्य हुनेछौ भनी सचेत गराउन चाहन्छौं ।

यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !

लोकपुकार

लोकपुकार

हरेक खबरमा नजर || Lokpukar

Related Posts

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला
अर्थ

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु
Blast News

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह
Blast News

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह
Blast News

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे
Blast News

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल
Blast News

जनकपुरधाममा झुलनोत्सव सुरु, घट्दै चहलपहल

ताजा खबर

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

मधेशका मुख्यमन्त्री र सभामुखका लागि डेढ करोडसम्मको गाडी

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

जनकपुरधाममा रिक्त पद पूर्तिका लागि अन्तरस्थानीय तह सरुवा खुला

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

मधेसमा करेन्ट लागेर ५७४ जनाको मृत्यु

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

बैंकको नाममा साइबर ठगीबाट बच्न धनुषा प्रहरीको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

रंगशालाका लागि भारतबाट मगाई दिन संघलाई मधेश सरकारको आग्रह

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

कानून उल्लंघन गर्नेलाई कडा कारबाही : मन्त्री महताे

नेपाली, मैथिली र हिन्दी भाषाको यो देशकै पहिलो त्रैभाषिक डिजिटल पत्रिका हो । तपाईको सरोकार र चासोको विषयलाई समेटेर समाचारको रुपमा पस्किन लोकपुकार डटकम निरन्तर तयार रहनेछ ।….. विस्तृत

सम्पर्क

शिवांसु मिडिया प्रा.लि.

 जनकपुरधाम, प्रदेश-२ (नेपाल)

 [email protected]

 +977-9854025801

 सूचना विभाग दर्ता नं. १५९२\०७६\७७

हाम्रो बारेमा

प्रकाशक : एसके कर्ण

निर्देशक : अन्जली चौधरी

सम्पादक : नरेन्द्र कर्ण

विज्ञापनका लागि सम्पर्क नं.:

9802025801, 9844036278

सोसियल मिडिया

Facebook Twitter Youtube Instagram
  • Privacy Policy

©२०७५-२०७८  शिवाँसु मिडिया प्रा.लि. || टेकनिकल साथी || PROTECH

No Result
View All Result
  • होम
  • खबर
  • देश
    • प्रदेश १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • समाज
    • पालिका
    • अर्थ
    • अपराध
    • शिक्षा
    • स्वास्थ्य
  • राजनीति
  • विशेष
    • मैथिली खबर
    • हिन्दी खबर
  • खोज
  • मनोरञ्जन
    • सिनेमा
    • खेलकुद
    • कला
    • साहित्य
  • अन्य
    • विचार
    • अन्तर्वार्ता
    • सम्पादकीय
    • अनौठो
    • प्रविधि
    • ग्यालेरी
    • प्रभाव