जनकपुरधाम, जेठ २७ गते । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोराना पुष्टि संगै संक्रमित संख्या १ हजार ३ सय ७७ पुगेको छ ।
सामाजिक विकास मन्त्रालयद्वारा प्रसारित नियमित मिडिया ब्रिफिङमा सचिव डा. रामप्रसाद घिमिरेले सप्तरीमा १३, धनुषामा २१, महोत्तरीमा १९ र सर्लाहीमा १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

सप्तरीको राजविराज नगरपालिका स्थित रहेको क्वारेन्टाइनमा ७, छिन्नमस्ता गाँउपालिका क्वारेन्टाइनमा ४ र कञ्चनरुप नगरपालिका क्वारेन्टाइनमा २ जना गरी कुल १३ जनामा संक्रमण पुष्टि भएको छ ।
धनुषामा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ११ जना र जनकनन्दनी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १० गरी २१ जनामा संक्रमण पुष्टि भएकोमा २० जना पुरुष र एकजना महिला रहेको उनले जानकारी दिए ।
त्यस्तै महोत्तरीमा १९ जनामा संक्रमण पुष्टि भएकोमा बर्दिबास नगरपालिकाको क्वारेन्टाइनमा रहेका १५ , एकडारा गाउँपालिकाका क्वारेन्टाइनमा ४ जना रहेको छ भने सर्लाहीको कोडेना गाउँपालिका क्वारेन्टाइनमा रहेका एक ३० वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको सचिव घिमिरेले जानकारी दिए ।
हाल प्रदेशको सप्तरीमा १ सय ५, सिरहामा ४९, धनुषामा १ सय २२, महोत्तरीमा एक सय २३, सर्लाहीमा ३ सय ७१, रौतहटमा ४ सय ८, बारामा ७७ र पर्सामा १ सय २२ जनामा कोरोना पुष्टि भइसकेको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !