जनकपुरधाम, जेठ २५ गते । प्रदेश २ मा आइतवार पछिल्लो २४ घण्टामा ८३ जना कोरोना संक्रमित थपिएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या १ हजार १ सय ४९ पुगेको छ ।
नियमित मिडिया ब्रिफिङमा सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले पछिल्लो २४ घण्टामा सिरहामा २, धनुषामा १, महोत्तरीमा ५, सर्लाही ७४ र रौतहटमा एकजनामा संक्रमित पुष्टि भएको जानकारी दिए ।
उपचार पश्चात २ सय ३ जना निको भई फर्किसकेका छन । आइतवार मात्रै ४४ जना डिस्चार्ज भएको छ ।
प्रदेशमा हालसम्म पीसीआर परिक्षणतर्फ २२ हजार ६ सय ६८ जनाको स्वाव संकलन गरिएकोमा १ हजार १ सय ४९ जनाको पोजेटिभ, ११ हजार एक सय २२ को निगेटिभ रिपोर्ट आएको छ भने १० हजार ३ सय ९७ को रिपोर्ट आउन बांकी रहेको जनाइएको छ ।
प्रदेशको सप्तरीमा ७६, सिरहामा ४९, धनुषामा १०१, महोत्तरी ९२, सर्लाही २५०, रौतहट ३९७, बारा ७० र पर्सामा ११४ जना संक्रमित भइसकेका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !