जनकपुरधाम, जेठ २४ गते । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले पीसीआर रिपोर्ट बारे गलत जानकारी दिएको कारण प्रदेश सभा प्रदेश २ का प्रदेश सभा सांसद र कर्मचारीमा सन्त्रास फैलिएको छ ।
प्रदेश सभाको चौथो अधिवेशनको बैठकका पुर्वतयारी स्वरुप जेठ १६ गते सांसद र कर्मचारीहरुको पीसीआर परिक्षणका लागि संकलन गरिएको स्वाव बारे जेठ २१ गते बैठक बस्नु अघि सबैको रिपोर्ट निगेटिभ रहेको प्रयोगशालाले जानकारी गराएको थियो । सोही जानकारीको आधारमा चौथो अधिवेशन पनि शुरु भयो ।

तर त्यसको भोली पल्टै प्रदेश सभाका ५ जना मर्यादापालक र एकजना राज्यमन्त्रीको सहयोगीको रिपोर्ट पोजेटिभ आएको रिपोर्ट सार्वजनिक गरेपछि प्रदेश सभाका सांसद र कर्मचारीमा सन्त्रास फैलियो । मर्यादापालकमै कोरोना पुष्टि भएपछि सन्त्रासका कारण भोली २२ गते बस्ने बैठक समेत स्थगित गरियो ।
प्रदेश सभाको बैठक बस्नु अघि प्रयोगशालाले स्वाब दिएका मध्ये बाहिरका एकजना प्रहरी बाहेक प्रयोगशालाले सबैको रिपोर्ट नेगेटिभ रहेको जनाएपछि बुधवार प्रदेशसभाको बैठक डाकियो त्यसको भोली पल्ट ५ जना मर्यादापालक र एकजना राज्यमन्त्रीका सहयोगीको रिपोटी पोजेटिभ भनेर जानकारी गराएको प्रदेशसभाका निमित्त सचिव रंजित यादवले बताएका छन ।
प्रयोगशालाको गल्तीका कारण बुधवारको प्रदेशसभा बैठकमा सहभागी भएका सभामुख, मन्त्री, सांसद तथा कर्मचारीमा त्रास फैलिएको उनको भनाइ छ ।
यता प्रयोगशालाका प्रमुख रामविनय साहले बुधवार सबैको रिपोर्ट निगेटिभ होइन नआएको हामीले प्रदेश सभालाई जानकारी गराएको दाबी गर्दै रिपोर्ट आएकाहरुलाई मात्र बैठकमा सहभागी हुन सुझाव दिएको प्रादेशिक प्रयोगशालाका प्रमुख राम विनय साहको भनाई छ ।
उनले भने हामीले बुधवार प्रदेश सभालाई वन वाई वन रिपोर्ट परिक्षण गर्दछौ अहिलेसम्म आएका रिपोर्ट निगेटिभ आएको छ, तर बिहीवारको परिक्षणमा ५ जना मर्यादापालक र एकजना राज्यमन्त्रीका सहयोगीको रिपोर्ट पोजेटिभ आएको हो ।
शुक्रवार दिउँसो १ बजेसम्मकालागि प्रदेशसभा बैठक स्थगित गर्ने निर्णय पश्चात प्रदेश सभालाई स्यानिटाइज गरिएको थियो ।
हाल कोरोना संक्रमण पुष्टि भएको मर्यादापालक र राज्यमन्त्रीकी स्वकिय सचिवलाई आइशोलेसन वार्डमा उपचारकालागि पठाइएको निमित्त सचिव यादवले जनाएका छन । उनका अनुसार संक्रमित मर्यादापालकको सम्पर्कमा पुगेकाहरुलाई छुट्टै कक्षमा बासको व्यवस्था गरिएको छ । तिनीहरुको पुनः पीसीआर परिक्षणको कार्य अघि बढाइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !