राजविराज, जेठ २३ गते । बिहीवार आएको पीसीआर परिक्षण रिपोर्ट अनुसार सप्तरीमा एकजना स्वास्थय चौकी प्रमुखमा पनि कोरोना संक्रमण देखिएको छ ।
प्राप्त जानकारी अनुसार सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित क्वारेन्टाइनका इन्चार्ज वडा नम्बर ५ भाटिनका ५० वर्षीय हेल्थ असिस्टेन्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सप्तरीको सबैभन्दा बढी संक्रमित देखिएको बोदे बर्साइन नगरपालिकामा स्वास्थ्यकर्मी संगै संक्रमितको सङ्ख्या योसहित २० पुगेको कुरा स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताएका छन ।
यसअघि जेठ १५ गते उक्त नगरपालिका ५ स्थित चन्द्र नमूना माविको सोही क्वारेन्टाइनमा खटिएका प्रहरी हवल्दार र कार्यालय सहयोगीमा संक्रमण देखिएको थियो ।
जेठ १३ गते सुरुंगा नगरपालिकास्थित मसिलाल जनता माविको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत असई संक्रमित भएका थिए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !