मलंगवा, जेठ २१ गते । निगेटिभ भने घर पठाइएका सर्लाहीका एक युवकमा ८ दिनपछि कोरोना पुष्टि भएको छ ।
जिल्लाको कविलासी नगरपालिकास्थित क्वारेन्टाइनमा १५ दिन राखेर आरडिटी परिक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको ८ दिनपछि ती युवकमा पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । ती युवकमा कोरोना पुष्टि भएपटि स्थानीयमा सन्त्रास फैलिएको छ ।

नगरपालिकाका मेयर कौशलकिशोर यादवले भने १५ दिन क्वारेन्टिनमा राखेपछि आरडीटी नेगेटिभ आएकाले स्वाब संकलन गरेर उनलाई घर पठाईएको थियो, ‘तर स्वाब पठाएको ८ दिनपछि पीसीआर नतिजा त पोजेटिभ पो आयो, यसबीचमा ती युवक तथा उनका परिवारका महिलाहरु मेरो घर सहित गाउँभरी काम गर्न हिँडेका छन्, गाउँभरी सन्त्रास फैलिएको छ ।
आफ्नो घर छेउकै युवक भएकाले उनी तथा उनका परिवारका सदस्यहरु कुराकानी गर्न तथा काममा सरसहयोग गर्न आईरहने गरेको मेयर यादवले बताए ।
कविलासी नगरपालिका ८ अगर्वास्थित जनता मावि स्थित सो क्वरेन्टाइनमा बसेका ६० जनाको स्वाब परीक्षणका लागि जेठ ११ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । तर स्वाब परीक्षणको रिपोर्ट भने ९ दिनका दिन अर्थात सोमबार आईपुग्यो । जसमा ३६ जनाको कोरोना भाईरस पोजेटिभ देखिएको हो ।
मेयर यादवले क्वारेन्टाइनमा बसेका ४ र खटिएका एकजना प्रहरीको पीसीआर नेगेटिभ आएपछि आरडीटी गर्दा पोजेटिभ देखिएको छ, उनीहरुको पुनः स्वाब संकलन गरेर परीक्षणका लागि पठाउनु पर्ने बताए । आरडीटी नेगेटिभ आएका कारण घर पठाएपछि उनी गाउँभरी घुम्ने तथा कतिपय घरमा काम गर्न समेत पुगेको मेयर यादवको भनाई छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !