जनकपुरधाम, जेठ १८ गते । प्रदेश २ मा आइतवार ६४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टी भएको छ ।
समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले गरेका मिडिया ब्रिफिङ अनुसार धनुषामा २१ जना, रौतहटमा २८ जना, सर्लाहीमा १० र पर्सामा ५ जना संक्रमित भएका छन । यो संगै प्रदेश २ मा संक्रमितको संख्या ६ सय १३ पुगेको छ ।

धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना गोपाल धर्मशालाको ९ जना र १ जना गणेशमान चारनाथ नगरपालिकाका हुन । मुखियापट्टी मुसहरनिया तुल्सीयाही क्वारेन्टाईनमा वर्ष २४, २५, २६,२७, २८, ३०, ४५, ४६ का एक÷एक जना र वर्ष ३५ का तीनजना रहेका छन ।
त्यसैगरी जनकपुरधाम स्थित गोपाल धर्मशालामा वर्ष १९ का २ जना, २०, २१, २३, २४ का एक/एक जना र वर्ष २७ का तीनजना रहेको छ भने गणेशमान चारनाथ नगरपालिकाका वर्ष २१ का एकजना रहेको छ । धनुषामा भेटिएका सबै संक्रमित भारतको गुजरातबाट आएको सचिव घिमिरेले जानकारी दिए ।
उनका अनुसार रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, इशनाथ नगरपालिकका वडा नं. ७ मा ११ जना र वडा नं. ८ स्थित जोगहा मदरसा क्वारेन्टाइनका ९ जना रहेको छ ।
दुर्गा भगवतीपुर क्वारेन्टाईनमा भेटिएका संक्रमितहरु वर्ष १७, २२, २३, २९, ३४, ४०, ४५, ४८ का एक÷एक जना, इशनाथ नगरपालिका ७ क्वारेन्टाईनमा वर्ष २० का २, १७, १९, २१, २२, २४, २६, ३६, ४५, ५० र जोगहा मदरसा क्वारेन्टाईनमा वर्ष ४, ८, १२ का बालबालिका सहित १८, २२, ४५, ५२ का एक÷एक र वर्ष ३० का २ जना रहेका छन ।
त्यसैगरी सर्लाहीको हरिपुर क्वारेन्टाईनमा उमेर नखुलेका एकजना सहित वर्ष १५, २४, ३४, ४०, ५० सहित ७ जना र ब्रम्हपुरी क्वारेन्टाईनमा वर्ष २५, २८, ४३ का तीनजना रहेको छ भने पर्सा जिल्लाका पटेर्वा क्वारेन्टाईनका ५ जना रहेको सचिव घिमिरेले बताए । आइतवार भेटिएका चारवटै जिल्लाका संक्रमित भारतबाट आएको बताइएको छ ।
प्रदेश २ मा हालसम्म सप्तरीमा ४३, सिरहामा २५, धनुषामा ७०, महोत्तरीमा २७, सर्लाहीमा ७२, रौतहटमा २१६, बारामा ५४ र पर्सामा १०६ जना संक्रमित भएका छन ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !