जनकपुरधाम, जेठ १७ गते । धनुषाको धनौजी गाउँपालिकाले कोरोना भाइरस रोकथाम एवं नियन्त्रणका लागि हालसम्म जनचेतनामूलक सूचना सन्देश प्रवाहदेखि राहत वितरणसम्मको कार्यलाई निरन्तरता दिएका छन ।
नेपालमा कोरोना संक्रमित भेटिएदेखि गाउँपालिकामा सचेतना एवं सर्तकताका लागि वडाहरुमा जनचेतनामूलक सूचनाको बोर्ड, पर्चा पम्पलेट र फ्लैक्स बोर्ड लगायतका झुण्डयाउनेदेखि टोल टोलमा व्यक्तिहरुलाई मास्क र साबून वितरण कार्यलाई निरन्तरता दिदैं आएको हो ।

कोरोना भाइरस रोकथामका जारी लकडाउनले मार्कामा परेका दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, दलित, गरीब र अतिविपन्न विपन्न परिवारलाई वडा कार्यालय मार्फत राहत वितरण कार्य जारी रहेको गाउँपालिका अध्यक्ष बद्रीनारायण सिंहले जानकारी दिएका छन ।
उनले भने पहिलो चरणमा प्रदेश सरकारले उपलब्ध गराएको १० लाख रुपैयामा पालिकाको कोषबाट रकम थपेर ५० लाख रुपैया राहतका लागि ५ वटै वडामा १० लाखका दरले वितरण गरिएको र वडाबाटै राहत वितरण कार्य जारी रहेको छ ।
त्यसैगरी कोरोना भाइरसको शंकास्पद तथा लकडाउन अवधिमा भारतबाट आउने नेपाली नागरिकको निगरानीको लागि शंकर माविमा क्वारेन्टाईन निर्माण समेत गरिएको छ । ती क्वारेन्टाईनमा खटिएका र स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरुलाई वडाबाटै पिपिई लगायतका उपचार तथा सुरक्षा सामाग्री उपलब्ध गराइएको कुरा पालिकाका अधिकृत शम्भु ठाकुरले बताए ।
कोरोनाबाट बचाउका लागि स्वास्थ्य चेकजाँचका लागि घरदैलो कार्यक्रम जारी रहेको छ भने स्वास्थ्य संस्थामा समेत २४ औं घण्टा चेकजाँच जारी रहेको उनले जानकारी दिए ।
यसैबीच नेपालमा चिनिया नागरिकको अपराधिक गतिविधि बढदै गएको छ ।
केही दिनअघि प्रहरीमाथि आक्रमण गरिएको थियो भने पछिल्लो पटक काठमाडौमा चिनियाँ नागरिकले युवतीमाथि दुव्र्यवहार गरेको छ ।
प्रहरीले युवतीमाथी अभद्र व्यवहार गरको आरोपमा आइतवार दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । क्षेत्रपाटीमा युवती जिस्काउने दुई युवालाई सोह्रखुट्टे प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको हो ।
उनीहरुले पासपोर्ट लगायतका कागजात देखाएका छैनन् । फिदइ, तिवाई नाम बताउने उनीहरुमाथी अनुसन्धान भइरहेको सोह्रखुट्टे बृत्तका प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !