विरगंज, जेठ १७ गते । पर्सा जिल्लामा चट्यांग लागेर एकजनाको मृत्यु भएको छ ।
शनिवार बिहान ८ बजे पानी सँगै आएको हावाहुरी र चट्यांगमा परी पर्साको एकटाँगामा एकजनाको मृत्यु छ भने एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी पर्साका प्रहरी नायव उपरीक्षक वीरेन्द्रबहादुर शाहीका अनुुसार मृतकको पहिचना खुल्न सेकेको छैन । पर्साकै अर्का एकजना घाइते भएका छन् ।
आँप टिप्न रुखमा चढेको समयमा आएको हावाहुरी र चट्याङले उनको मृत्यु भएको स्थानीयले जनाएको छ । एकटाँगा प्रहरी चौकीबाट गएको प्रहरी टोली घटनास्थल जाँदै गएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिए ।
स्थानीयले भने मृत्यु भएका स्थानीय ४२ बर्षीय रामबाबु महतो रहेको जनाएका छन् । बेहोस भएका अर्का व्यक्ति लालबाबु महतो रहेको बताइएको छ ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !