जनकपुरधाम, जेठ १६ गते । विश्वव्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बढदै गएपछि नेपाली नागरिकलाई जोगाउन विभिन्न चुनौतीको सामना गर्दै शसस्त्र प्रहरी दिनरात खटेका छन ।
छिमेकी राष्ट्र भारतमा कोरोना सङ्क्रमित बढ्दै गएपछि नेपाल सरकारले नेपाल–भारत सीमानाकामा सुरक्षा व्यावस्था थप कडाइ गरेको छ । नेपाल सरकारले सीमा सुरक्षा, सीमाबाट हुने अवैधानिक तथा गैरकानूनी क्रियाकलाप र आवतजावत रोक्न सशस्त्र प्रहरीलाई जिम्मा दिएको हो ।

कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै अस्थायी चौकी, बेसक्याम्प, तथा ड्युटी पोष्टहरु बनाएर गैरकानुनी क्रियाकलाप र आवतजावत रोक्न दिनरात सीमामा पहरा दिइरहेका छन ।
धनुषामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर अन्तर्गत ७ स्थानमा स्थायी बोर्डर आउटर पोस्ट (बीओपी) छ भने अहिले ९ स्थानमा अस्थायी फरवार्ड बेसक्याम्प कायम गरी सीमामा र प्रदेशका राजनधानी जनकपुरधाममा समेत लकडाउनको पूर्ण रुपमा पालना गराउन हामी दिनरात खटेको प्रहरी उपरिक्षक राजेश उप्रेतीले बताए ।
उनका अनुसार जिल्लाको भारतसँग सीमा जोडिएको ४८.७४ किलोमिटर क्षेत्रमा गैरकानुनी क्रियाकलाप र चोरबाटो हुँदै आवतजावत रोक्न सीमामा गणका ८० प्रतिशतभन्दा बढी जनशक्ति जिल्लाका ७७ स्थानमा परिचालन गरिएको छ ।
कोरोना संक्रमण नियन्त्रणका लागि चारदेखि १० जनासम्म ड्युटी गर्ने पोष्ट १००/२०० मिटरको फरकमा गस्ती गर्दै आएको प्रहरी उपरिक्षक उप्रेतीले जानकारी दिदै भने शसस्त्र प्रहरी पैदल, साइकल, मोटरसाइकल र भ्यान सहित गस्ती गर्दै आएका छन ।
अहिले कोरोना भाइरसको प्रकोप बढदै गएपछि लकडाउन कारण भारतबाट लुकिछिपी आउने क्रियाकलाप रोक्न सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरी बल प्रचण्ड गर्मी, सर्प, विच्छु र हावाहुरीको कुनै परवाह नगरी पाल मुनि बसेर पनि हामी खटदै आएको पीडा प्रहरी उपरिक्षक उप्रेतीले पोखे ।
















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !